तारकेश्वरमा बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यन्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा पालिकास्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समिति गठन तथा बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यन्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको सभाकक्ष धर्मस्थलीमा आज आयोजीत कार्यक्रममा बाग्मती प्रदेश नीति तथा योजना आयोगका सदस्य किरण गजुरेलले कोख देखी शोक सम्म पोषणको सन्तुलन जरुरी रहने बताँउदै पोषणका बारेमा जनस्तरसम्म सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो ।

May be an image of 2 people and text
सरकारले लिएको दिगो लक्ष्य पुरा गर्नका लागि पोषणको ठुलो महत्व रहेको बताँउदै गजुरेलले त्यसका निम्ती तारकेश्वर नगरपालिकाले समेत प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।

May be an image of 5 people and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले सरकारले लिएको दिगो लक्ष्यको उदेश्य पुरा गराउनका लागि आगामी २०८३÷८४ सम्ममा तारकेश्वर नगरपालिकालाई कुपोषण मुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सन्तुलीत पोषणले सकारात्मक सोच, सकारात्मक मार्ग,सकारात्मक काम र सकारात्मक योजनाका लागि सहयोग मिल्ने बताँउदै नगरप्रमुख महर्जनले सन्तुलीत पोषणको सुरुवात हरेक घर घरबाट सुरु गर्नुपर्ने बताउनुभयो ।

May be an image of 3 people and text
तारकेश्वर नगरपालिकाको ११ औ नगरसभाले स्वास्थ्य क्षेत्रका लागि ३ करोड ३४ लाख बजेट बिनियोजन गरेको बताँउदै नगरप्रमुख महर्जनले नगरप्रमुख पोषण कार्यक्रमका लागि ३० लाख, राष्ट्रिय भिटामिन ए तथा पोषण कार्यक्रमका लागि ५ लाख र प्रसुति पोषणका लागि समेत ५ लाख सहित स्वास्थ्य सम्बन्धी धेरै महत्वपुर्ण कार्यक्रमहरु नगरपालिकाले गरिरहेको बताउनुभयो ।
कुपोषणका कारण मध्य २० प्रतिशत खाना र ४३ प्रतिशत स्वच्छ पानी समेत रहेको बताँउदै नगरप्रमुख महर्जनले नगरपालिकाको २२ हजार ५ सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउनका लागि बिभिन्न वडाहरु मार्फत खानेपानीका योजनाहरु सुरु भएको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले शहरी जिवनशैली र शरिर बिग्रन्छ भन्ने महिलाहरुको गलत मानसिकताका कारण बालबालीकाहरुमा कुपोषण बढीरहेको बताँउदै त्यसका निम्ती समाजमा जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।
मानिसहरु जानेर वा नजानेर कुपोषणको सिकार भइरहेको बताँउदै उपप्रमुख अर्यालले कुपोषण बिरुद्धको अभियान बोलेर मात्र नभई कार्यान्वयनका लागि सबै तयार हुनुपर्ने बतउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, वडा अध्यक्षहरु बिदुर सापकोटा, राधाकृष्ण खडगी, परशुराम अर्याल, नरेन्द्रदास श्रेष्ठ, सम्भु फु्याल, घनश्याम श्रेष्ठ, सानुकाजी खत्री, श्यामकृष्ण सापकोटा, श्यामकृष्ण महर्जन, कुमार राई, कबिराज बस्नेत लगायत नगरकार्यपालीका सदस्यहरु, तारकेश्वर नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 7 people and suit

May be an image of 6 people and people studying

dsf

May be an image of 10 people and people smiling

May be an image of 6 people, people smiling and people studying

May be an image of 3 people, people studying and dais

df

प्रतिक्रिया दिनुहोस्

Array