आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन : देशभर गाईको पूजा आराधना गरी गाई तिहार मनाइँदै

Sagarmatha Post
Sagarmatha Post २३ कार्तिक २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज देशभर गाईको पूजा आराधना गरी गाई तिहार मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई माता समान मानेर फूलमाला, टीका तथा विभिन्न परिकार खुवाउँदै श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ।यसै अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा रहेको राम मन्दिरका बटुकहरूले पनि विधिअनुसार गाईको पूजा गरेका छन्।

हिन्दू धार्मिक मान्यताअनुसार गाईलाई लक्ष्मीको प्रतीक तथा समृद्धिको आधारका रूपमा लिने गरिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँतलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। विशेषगरी गाईको दूध पोषणयुक्त हुने भएकाले पनि गाईलाई आमासरह सम्मान गर्ने चलन रहेको छ।

गाई तिहारले मानव जीवनमा गाईको महत्त्व स्मरण गराउनुका साथै परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यतालाई निरन्तरता दिने विश्वास गरिन्छ। यस दिन गाईको पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वाससमेत रहिआएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्