काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनमार्फत यस्तो जानकारी दिएको हो।
महाशाखाले आगामी पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ। यद्यपि, केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तो छ पाँच दिनको मौसम पूर्वानुमान :
२०८३ कार्तिक २३ गते (सोमबार)
दिउँसो : देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
राति : हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्नेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
२०८३ कार्तिक २४ गते (मंगलबार)
दिउँसो : देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
राति : हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
२०८३ कार्तिक २५ गते (बुधबार)
दिउँसो : कोसी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। ती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
राति : हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्नेछ।
२०८३ कार्तिक २६ गते (बिहीबार)
देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्नेछ।
२०८३ कार्तिक २७ गते (शुक्रबार)
देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्