काठमाडौँ । राजनीतिक विश्लेषक तथा बौद्ध दर्शनका अध्येता बुद्ध छिरिङ मोक्तानले प्रधानमन्त्री बालेन शाहसहित नयाँ पुस्ताका नेताहरू देश निर्माणका लागि मात्रै राजनीतिमा नआएको टिप्पणी गरेका छन्। उनीहरूमार्फत अन्य शक्तिले आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको उनको आरोप छ।आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मोक्तानले नयाँ पुस्ताका नेताहरूले देशको हितभन्दा पनि अन्य शक्तिको सेवा गर्नुपर्ने अवस्था आउन सक्ने दाबी गरे।
‘बालेन शाहहरू देश बनाउन आएको होइन, यिनीहरूले सेवा चाहिँ अर्कैको लागि गर्नुपर्नेछ। त्यो सेवा गरेको दिन नेपाल चाहिँ युक्रेन हुन्छ,’ उनले भने।मोक्तानले राजनीति, व्यवसाय, पैसा र शक्तिबीचको सम्बन्धबारे व्याख्या गर्दै शक्ति प्रत्यक्ष रूपमा नभई विभिन्न व्यक्ति र माध्यममार्फत सञ्चालन हुने धारणा राखे।‘पावर चाहिँ बिजनेस, मनी एन्ड पावर। चाहे त्यो पोलिटिकल पावर होस् वा फिजिकल्ली वा अन्य खालको शक्ति होस्। तिनीहरूको ट्रान्समिसन, सञ्चार र बहाव चाहिँ कन्डक्टर्सहरूबाट मात्रै हुन्छ। त्यो नेचुरल ल हो,’ उनले भने।
सूर्यको किरणसमेत विभिन्न माध्यमबाट पृथ्वीसम्म आइपुग्ने उदाहरण दिँदै उनले प्रत्येक शक्ति केन्द्रले आफ्नो प्रभाव विस्तार गर्न मध्यस्थकर्ता अर्थात् ‘पावर ब्रोकर’ तयार गर्ने बताए।‘प्रत्येक शक्ति केन्द्रहरूले आफ्नै किसिमका ब्रोकरहरू खडा गर्छ। त्यो ब्रोकरलाई निरपेक्ष गरेर तपाईंले शक्तिको केन्द्र परिकल्पना गर्नुभयो भने त्यो अप्राकृतिक हुन्छ,’ उनले भने।प्रधानमन्त्री बालेन शाहको वरिपरि पनि धेरै पावर ब्रोकर रहेको मोक्तानको दाबी छ। उनले इनम सापकोटालाई बालेनको सबैभन्दा ठूलो शक्ति मध्यस्थकर्ता नभएको जिकिर गर्दै कुमार व्यञ्जनकारलाई सबैभन्दा प्रभावशाली पावर ब्रोकरका रूपमा प्रस्तुत गरे।
‘सबैभन्दा बिगेस्ट पावर ब्रोकर अफ बालेन इज नट इनम सापकोटा। त्यो त हाम्रो कुमार व्यञ्जनकार हो। सबैभन्दा मस्ट इफेक्टिभ र त्यसपछिका असिम शाहहरू हुन्। हिजो जो देउसीमा नाचे नि, हिजो देउसीमा नाचेको सबै पावर ब्रोकर टिम हो,’ उनले भने।मोक्तानले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको वरिपरि पनि एक तहको शक्ति मध्यस्थकर्ता समूह रहेको बताए। शक्ति जहाँ केन्द्रित हुन्छ, त्यहाँ यस्ता मध्यस्थकर्ताहरू आकर्षित हुने उनको भनाइ थियो।
‘हिजो पूर्वप्रधानमन्त्री केपी ओलीको वरिपरि एउटा लेभलको पावर ब्रोकर हुन्थ्यो, अहिले पनि छ। कुनै बालेनजीतिर पनि गयो होला,’ उनले भने।शक्तिको केन्द्र कमजोर हुँदै जाँदा त्यससँग जोडिएका मध्यस्थकर्ताहरूले साथ छाड्ने प्रवृत्ति रहेको उनको विश्लेषण छ। शक्ति र प्रभाव समाप्त हुन थालेपछि पावर ब्रोकरहरू पनि अर्को शक्तिकेन्द्रतर्फ लाग्ने उनको तर्क थियो।
‘पावर ब्रोकर जहाँ पावर देख्दैन, त्यहाँबाट हिँडिहाल्छ। प्राण गएपछि जुम्राले लास छोडेर हिँडेजसरी पावर ब्रोकरहरू पनि छोडेर हिँडिहाल्छन्,’ मोक्तानले भने।


प्रतिक्रिया दिनुहोस्