नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि फ्रान्सको उड्डयन प्राधिकरणसँग समझदारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ , मुलुकको हवाई सुरक्षा प्रणाली अभिवृद्धि गर्ने उद्देश्यले नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ ।

फ्रान्सको राजधानी पेरिसमा आज दुई मुलुकका हवाई उड्डयनका नियामक निकायबीच प्राविधिक र जनशक्ति व्यवस्थापन विकासका लागि चारवर्षे सम्झौता भएको हो ।

उक्त समझदारीपत्रमा नेपालका तर्फबाट क्यानका महानिर्देशक प्रदीप अधिकारी र डेमिन केजले हस्ताक्षर गर्नुभएको क्यानले जनाएको छ । समझदारीअनुसार प्राविधिक क्षमता अभिवृद्धि र तालिमलगायत हवाई सुरक्षा गुणस्तर अभिवृद्धिबारे कार्यक्रम सञ्चालन गरिने छ । यसले नेपालको हवाई सुरक्षा अभिवृद्धि हुने क्यानको विश्वास छ । नेपालको हवाई क्षेत्रमा उड्डयन सुरक्षा प्रणाली सुधारका साथै प्राविधिक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने सम्झौतामा उल्लेख छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array