तारकेश्वर नगरपालिका भित्र २०१६ भन्दा अगाडीका पुराना सार्वजनीक यातायात सञ्चालनमा रोक लगाउने निर्णय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ असार २०८०, बुधबार
4 Min Read
Aa

रबिन थपलिया काठमाडौं । तारकेश्वर नगरपालिका क्षेत्र भित्र २०१६ भन्दा अगाडीका पुराना सार्वजनीक यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।
तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनको कार्यकक्षमा आज विहान नगरपालिका, प्रहरी तथा तारकेश्वर नगरपालिका क्षेत्र भित्र सञ्चालीत यातायात व्यवसायीहरु बिच भएको संयुक्त छलफल पछि उक्त सहमती भएको हो । तारकेश्वर नगरपालिका र यातायात व्यवसायी विच तारकेश्वर नगरपालिका क्षेत्रमा यातायातलाई व्यवस्थीत बनाउनका लागि ९ बुंदे सहमती भएको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो ।
तारकेश्वर नगरपालिका क्षेत्र भित्र पुराना सार्वजनीक सवारीसाधनका कारण नगरवासीले अनाहकमा ज्यान गुमाउनु परिरहेको अवस्थामा नगरप्रमुख महर्जनको सक्रियतामा व्यवासायीहरुसंग भएको छलफल पछि उक्त सहमती भएको हो ।
तारकेश्वर नगरपालिका क्षेत्रमा १८५ वटा सार्वजनीक यातायात सञ्चालनमा रहेका छन् । जस अनुसार तारकेश्वर यातायात तथा तारकेश्वर बालाजु यातायात प्रा.लिको १५४, ओम शान्तिधाम यातायात प्रा.लिको २१ वटा र बालाजु बाइसधारा यातायात प्रा. लिका १० वटा गाडीहरु सञ्चालनमा रहेका छन् ।
तारकेश्वर नगरपालिका भित्र सञ्चालन हुने ति सवै सार्वजनीक यातायातमा बालबालिकाहरुलाई सहचालकका रुपमा प्रयोग गर्न नपाइने तथा प्रयोग भएको पाइएमा कानुन अनुसार कारबाही गर्ने सहमती समेत भएको नगरप्रमुख महर्जनले बताउनुभयो ।
त्यस्तै तारकेश्वर नगरपालिका भित्र सञ्चालन हुने सार्वजनीक यातायातहरुको एकिकृत रुपमा समिति बनाएर नगरक्षेत्र भित्र व्यवस्थीत रुपमा यातायात सञ्चालन गर्ने सहमती भएको छ ।

No description available.

छलफलमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उप–प्रमुख सिर्जना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत डा.कृष्ण बहादुर घिमिरे, वडा अध्यक्षहरु बिदुर सापकोटा, राधाकृष्ण खडगी, परशुराम अर्याल, नरेन्द्रदास श्रेष्ठ, धनश्याम श्रेष्ठ, सानुकाजी खत्री, श्यामकृष्ण सापकोटा, श्यामकृष्ण महर्जन, कुमार राई र कविराज बस्नेत, बालाजु प्रहरी वृत्तका प्रमुख मनोजित कुँवर, धर्मस्थली प्रहरी चौकीका प्रहरी नायव निरिक्षक दिनेश मैनाली, ट्राफिक प्रहरीका असई लिला भट्टराई, तारकेश्वर यातायात प्रा.लिका सचिब धर्म भण्डारी, बालाजु तारकेश्वर यातायात प्रा.लिका सल्लाहकार मिन बहादुर मानन्धर, ओम शान्तिधाम यातायात प्रा.लिका सचिब बलराम थापा सहितको उपस्थिति रहेको थियो ।
यि हुन तारकेश्वर नगरपालिका, यातायात व्यवसायी र प्रहरी बिच भएको ९ बुंदे सहमती
१. नगर सभा पश्चात सम्पूर्ण बस व्यवसायीहरुले संयुक्त रुपमा सवारी चालकहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गर्ने । उक्त कार्यक्रममा नगरपालिका, वडा अध्यक्षज्यूहरु, प्रहरी वृत्त बालाजु, ट्राफिक प्रहरीको सहभागिता रहने ।

२. २०१६ मोडल भन्दा पुराना गाडीहरु नगर क्षेत्र भित्र संचालनमा रोक लगाउने ।
३. सम्बन्धित वडा कार्यालय र नगरपालिकाको सिफारिस बेगर कुनै पनि यातायात व्यवसायीहरुलाई बस संचालनको रुट परमिट नदिने व्यवस्था मिलाउन सम्बन्धीत निकायमा पत्रचार गर्ने ।
४. ट्राफिक प्रहरी नियम अनुसार हुने चेक जाचको कार्यलाई सघन बनाउने । साथै ट्राफिक नियम उल्लघन गर्नेलाई कडाईका साथ दण्ड सजाय गर्ने ।
५. बालाजु बाइसधारा यातायात प्रा.लि. लाई यस नगर क्षेत्र भित्र बस सेवा संचालन गर्नका लागि रुट परमिट खारेज गर्ने सम्बन्धमा स्पष्टिकरण लिई सम्बन्धीत निकायमा पत्रचार गर्ने ।
६. यात्रुहरु चढाउन र ओराल्ने कार्यलाई व्यवस्थित गर्न बस स्ट्याण्ड तोक्ने र तोकिएको स्ट्याण्ड बाहेक बस रोकी यात्रु चढाउने तथा ओराल्नेलाई ट्राफिक प्रहरीले नियमानुसार कारबाही गर्ने ।
७. तारकेश्वर यातायात प्रा.लि., बालाजु तारकेश्वर यातायात प्रा.लि., ओम शान्तिधाम यातायात प्रा.लि. बालाजु बाइसधारा यातायात प्रा. लि. हरु मिलेर संयुक्त बस संचालन (छाता समिति) समिति बनाउने र नगर क्षेत्र भित्रको बस सेवालाई व्यवस्थित (गति कम गर्ने, ट्राफिक नियमको पूर्ण पालना गर्ने गराउने, चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिने आदि) रुपमा संचालन गर्ने ।
८. बालबालिकाहरुलाई सहचालकका रुपमा प्रयोग नगर्ने, प्रयोग भएको पाइएमा कानुन अनुसार कारबाही गर्ने ।
९. बसभित्र सबैले देख्ने गरी भाडा दर, चालक, सहचालकको नाम, समितिको नाम र ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयको सम्पर्क नं. अनिवार्य टाँस गर्ने ।

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array