१५ सय हेक्टर वन अतिक्रमण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ असार २०८०, बुधबार
1 Min Read
Aa

झापा, झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा ३९, धाइजनमा ३३ दशमलव १३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीले बताउनुभयो ।

यस्तै सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा एक सय ११, दमकमा ११ दशमलव पाँच, पृथ्वीनगरमा दुई र राजगढमा २६ दशमलव पाँच हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ ।

झापाका दुई स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ । भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको डिभिवन वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array