समयमा नै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा जोड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० असार २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ,  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गर्नुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उहाँहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटमा पार्टी अध्यक्ष ओलीले एमसीसी परियोजना समयमा नै सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा एमसीसीका बारेमा धेरै नै उतारचढाव भए पनि अहिले परियोजना कार्यान्वयनको चरण आएको बताउनुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।

भेटमा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा सुरु गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताउनुभयो । उहाँले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

सहायक विदेशमन्त्री लु एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुग्नुभएका हो ।

प्रतिक्रिया दिनुहोस्

Array