तारकेश्वरका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि नगरपालिका र रातोबंगला फाउण्डेसन बिच सम्झौता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ श्रावण २०८०, शुक्रबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाको सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि तारकेश्वर नगरपालिका र रातो बंगला फाउण्डेसन बिच सम्झौता भएको छ ।
तारकेश्वर नगरपालिकाको कार्यालय धर्मस्थलीमा हिजो भएको सम्झौतापत्रमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र रातो बंगला फाउण्डेसनका अध्यक्ष डा शान्ता दिक्षितले हस्ताक्षर गर्नुभयो ।
तारकेश्वर नगरपालिका र फाउण्डेसनको संयुक्त लगानीमा INTENT Education Project In Nepal, Tarakeshwor अन्तर्गत तारकेश्वरको २१ वटा सामुदायिक विद्यालयका प्राथमिक कक्षाहरूमा कक्षा व्यवस्थापन र शिक्षक सवलिकरणका विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन् । सम्झौता पछि तारकेश्वर नगरपालिकाले फाउण्डेसनलाई भ्याट सहित १३ लाख ७५ हजार रुपयाँ उपलव्ध गराउने छ भने फाउण्डेसनले ६८ लाख रुपयाँ थप गरि करिब ८१ लाख रुपयाँ बराबरको तारकेश्वर नगरपालिकाका २१ सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।

May be an image of ‎2 people and ‎text that says '‎ठठ a... कृष्ण हरि महर्जन प्रमुख mدء 94‎'‎‎

May be an image of 6 people, newsroom and text
फाउण्डेसनका प्रशासन तथा लेखा अधिकृत हरी प्रसाद पुडासैनीले फाउण्डेसनले तारकेश्वर नगरपालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि दातामार्फत श्रोतको सुनिश्चीतता गरिसकेको बताउनुभयो ।
सम्झौता पछि रातो बंगलाका विज्ञ प्रशिक्षकहरु मार्फत तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत ५० भन्दा बढी प्रारम्भीक बालकक्षाका शिक्षक÷शिक्षीकाहरुले गुणस्तरीय शिक्षाका लागि तालिम पाँउनेछन् भने ति विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले समेत फाउण्डेसन मार्फत गुणस्तरीय शिक्षा सम्बन्धी तालिम पाउने छन् ।
त्यस्तै फाउण्डेसनले तालिम पश्चात तारकेश्वर नगरपालिकाका २१ वटा सामुदायिक विद्यालयमा शैक्षिक सामग्री र तालिम सामग्रीहरु उपलव्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । तारकेश्वर नगरपालिका र फाउण्डेसन बिचको सम्झौता पछि तारकेश्वर नगरपालिकाका २१ सामुदायिक विद्यालयमा पुर्वप्राथमीक तहमा अध्यनरत करिब १६ सय विद्यार्थीहरुले रातोवंगलाको प्रविधिबाट शिक्षा हाँसील गर्न पाउने छन् ।
सम्झौता पछि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वरको शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिका र फाउण्डेसन बिच ऐतिहाँसीक सम्झौता भएको बताउनुभयो । नगरप्रमुख महर्जनले सम्झौताले तारकेश्वर नगरपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षाले फडकोमार्ने विश्वास व्यक्तगर्नुभयो ।
नगरप्रमुख महर्जनले निर्वाचीत भएर आएसंगै तारकेश्वर नगरपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि पहल कदमी लिंदै आइरहनु भएको छ ।

May be an image of 11 people
त्यस्तै रातो बंगला फाउण्डेसनकी अध्यक्ष एवं रातोबंगला स्कुलकी निर्देशक डा शान्ता दिक्षितले तारकेश्वरको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि फाउण्डेसनले नविनतम प्रविधि सहित गुणस्तरीय शिक्षाका लागि सहयोगगर्ने बताउनुभयो ।
फाउण्डेसनले काठमाण्डौं उपत्यकाको ललितपुर महानगरपालिका र कागेश्वर नगरपालिका तथा पाँचथरको फिदिम नगरपालिका, गोरखाको भिमसेनथापा गाउँपालिका, तेह्रथुमको आठराई गाउँपालिकासंग समेत साझेदारीमा त्यहाँका समुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि काम गदै आइरहेको फाउण्डेसनकी अध्यक्ष डा. दिक्षितले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको कार्यालयमा भएको सम्झौता कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिको सामाजिक विकास समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, तारकेश्वर नगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, शिक्षा शाखाका प्रमुख पदम बहादुर खत्री, रातो बंगला फाउण्डेसनको टिम लिड एलीना रञ्जीत सुव्वा, प्रशासन तथा लेखा अधिकृत हरी प्रसाद पुडासैनी, कार्यक्रम अधिकृत रिया मानन्धर लगायतको उपस्थीति रहेको थियो ।
नेपालका ७५३ पालिकाहरु मध्य तारकेश्वर नगरपालिका शिक्षामा लगानी गर्ने उत्कृष्ट पालिकाहरु मध्यमा रहेको छ । गत बर्ष मात्र तारकेश्वर नगरपालिकाले शिक्षाको लागि ८ करोड रुपयाँ खर्च गरेको छ भने यस आर्थिक बर्षका लागि ९ करोड रुपयाँ शिक्षाको लागि बिनियोजन गरेको छ ।

May be an image of 4 people, people smiling, hospital and text

May be an image of 3 people, dais and text

के हो रातो बंगला फाउण्डेसन ?
रातो बङ्गला फाउण्डेसन संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरमा २०५९ सालमा दर्ता भएको मुनाफारहित गैरसरकारी संस्था हो । यसले स्थापना कालदेखिनै गुणस्तरीय शिक्षाका लागि विभिन्न शैक्षिक तालिम तथा कार्यक्रमहरु सञ्चालन गदै आएको छ । यस फाउण्डेसनले नेपालमा विभिन्न भुभागमा रहेको विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न सहयोगी भुमिका खेल्दै आएको छ । मुख्यतः यस फाउण्डेसनले विद्यालय शिक्षा र बालबालिकालाई केन्द्रविन्दुमा राखेर गर्नुपर्ने काम जस्तै शिक्षक तालिम, अविभावक शिक्षा, शैक्षिक सामग्री सहयोग कक्षा कोठा व्यवस्थापन, विद्यालय तथा बालबालिका सुरक्षा सम्बन्धि विविध कार्यक्रम, विद्यालय आयआर्जन कार्यक्रम लगायतका अन्य विविध विद्यालय व्यवस्थापन साथसाथै विद्यालय शिक्षाको गुणस्तर सुधार सम्बन्धि कार्यक्रमहरु गदै आएको छ । यसै अवधिमा सन् २०१२ मा फाउण्डेसनले unesco Humdan Bin Rashid AlMaktoum Award for The outstanding Pracices and Performance in  Enhancing The Effectiveness of Teacher समेत पाएको छ । हाल यस फाउण्डेसनले शिक्षकको पेसागत विकास सम्बन्धि विविध तालिम कार्यक्रम, प्रारम्भीक बालबिकास सम्बन्धि तालिम तथा सहयोग लगायतका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमोदन गरेको विद्यालय क्षेत्र विकास योजनालाई सहयोग पुग्ने शिक्षा सम्बन्धी अन्य विवधि क्रियाकलापहरु गदै आइरहेको फाउण्डेसनका टिम लिड एलीना सुब्बाले बताउनुभयो ।

May be an image of 8 people, temple and text

fg

प्रतिक्रिया दिनुहोस्

Array