होर्मुज जलमार्गमा भारत, चीनसहित चार देशका जहाजलाई इरानको प्रतिबन्धबाट छुट

Sagarmatha Post
Sagarmatha Post १९ कार्तिक २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाएको पारवहन प्रतिबन्धबाट छुट दिने निर्णय गरेको छ । यो निर्णयसँगै ती चार देशका जहाजले अब कुनै अवरोधबिना उक्त जलमार्ग पार गर्न पाउने भएका छन् ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका उपाध्यक्ष अहमद हयात मोघाद्मले मंगलबार आर्थिक तथा सुरक्षा अवस्थाबारे आयोजित समीक्षा बैठकमा यस्तो घोषणा गरेका हुन् ।उनका अनुसार विशेष व्यवस्था र आपसी समझदारीका आधारमा चार देशका जहाजलाई पारवहनमा छुट दिइएको हो । साथै, अमेरिकी पक्षले पनि ती जहाजको आवागमनमा अवरोध नगर्ने उनको दाबी छ ।

मोघाद्मले कतारका जहाजलाई कुनै पनि प्रकारको पारवहन शुल्क नलाग्ने स्पष्ट पारे । उनले प्रत्येक देशलाई छुट दिनुका पछाडि फरक–फरक कारण रहेको उल्लेख गर्दै भने, “हामी व्यापार गरिरहेका छौँ र प्रत्येक छुटका पछाडि फरक कारण छन् ।” उनका अनुसार भारतलाई दिइएको छुट इरानमा औषधि आयात सहज बनाउने उद्देश्यले प्रदान गरिएको हो भने चीनलाई दिइएको छुट इरानप्रति चीनको राजनीतिक समर्थन सुनिश्चित गर्नेसँग सम्बन्धित छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्