गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ उपाधि जित्न सफल भए लाक्पा छिरीङ शेर्पा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : गुटशट स्नुकर एण्ड रेष्टुरेन्ट द्धारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को दोस्रो खेल सम्पन्न भएको छ । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टको खेल स्टेशनमा आइतबारदेखि सञ्चालन भएको स्नुकर टुर्नामेन्टको खेल सोमबार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा लाक्पा छिरीङ शेर्पाले प्रथम स्थान हासिल गर्नुभएको थियो भने वाङदी शेर्पा  र शक्ति राइ द्वितीय र तृतीय हुनुभएको थियो।  बिजेताहरुले क्रमश: २५, १५ र १० हजार सहित  शिल्ड र मेडल समेत प्राप्त गर्नुभएको थियो।

काठमाडौंको कपनस्थित गुटशट स्नुकर एण्ड रेष्टुरेन्ट द्धारा ‘स्नुकर टुर्नामेन्ट टुर्नामेन्ट–२०२३’ आयोजना गरिएको थियो । टुर्नामेन्टमा २८ जना स्नुकर खेलाडीहरुको सहभागिता रहेको आयोजक लाक्पाडेण्डी शेपाले जानकारी दिनुभयो । आयोजक शेर्पाका अनुसार स्नुकर खेलमा नयाँ अनुभव र खेलाडीहरु बीच एकअर्कामा परिचयात्मक गर्ने उद्धेश्यले टुर्नामेन्ट आयोजना गरेको बताउनु भयो । इन्डोर गेमतर्फ विश्वव्यापीरुपमा ख्याती आर्जन गरेको स्नुकरप्रति युवा खेलाडीको अभिरुची बढेको कारणले प्रतियोगिताको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो।

स्नुकर टुर्नामेन्टमा उत्साहपुर्ण खेलाडीहरुको सहभागिता रहेका थियो । शेर्पाले यो दोस्रो टुर्नामेन्ट भएको र आगामी दिनमा खेललाई निरन्तरता दिने समेत बताउनु भएको छ । यस गुटशट स्नुकर केहि वर्ष अधिदेखि व्यवसायिक रुपमा सञ्चालन हुदै आएको छ । स्नुकर प्ले जोनमा खेलसंगै ब्यवस्थित रुपमा होटल पनि सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array