जनमत पार्टीकी अनिता देवी साह मन्त्री बन्दै,माओबादीका एक मन्त्रीको पद गुम्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ श्रावण २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको र सम्भवतः आजै शपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ ।जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकिएको छ ।२५ सदस्यीय मन्त्रिपरिषदमा जनमतलाई सहकारमा सहभागी बनाउँदा वर्तमान मन्त्रिपरिषद्का एक सदस्यलाई हटाउनु पर्नेछ । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी ‘प्रचण्ड’को छ ।

को हट्दैछन् र को बन्दैछन् नयाँ मन्त्री ?
अहिले मन्त्रिपरिषद् पूर्ण रहेकोले नयाँलाई अवसर दिँदा एक जना हटाउनुपर्ने हुन्छ । यसअघि अरु दलले भागबन्डा अनुसारकै मन्त्रालय पाए पनि माओवादीको भागमा एउटा मन्त्रालय बढी परेको थियो । यसअघि सरकारमै रहेको जनमत पार्टी फिर्ता भएपछि माओवादीले मन्त्री थप गरेको थियो । त्यसैले माओवादीकै एक मन्त्रीलाई राजीनामा गराएर जनमत पार्टीबाट एक जनालाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

Vianet communication
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता गराउने सम्भावना धेरै रहेको माओवादी नेताहरू बताउँछन् । ‘जसलाई गराए पनि एक जना फिर्ता गराउने माओवादीबाट हो । फिर्ता हुँदा बढी सम्भावना मोदीजीकै हो’ माओवादीका एक नेताले भने ।

तर, केही समययता पर्यटन मन्त्री सुदन किरातीसँग पनि प्रधानमन्त्री असन्तुष्ट रहेका छन् । मोदीले खुलेर प्रधानमन्त्री र नेताहरूको विरोध गरेका छैनन् । तर खरो स्वाभावका किराती भने बेला आफ्नै पार्टीका नेताको आलोचनामा पनि उत्रिने गरेका छन् ।

मोदीले भन्दा किरातीले केही काम गर्न खोजेको तर कामभन्दा ‘स्टन्ट’ बढी गरेको आरोप खेपिरहेका छन् । सामाजिक सञ्जालमामा किराँतीले लेखेका विषयले पनि उनको प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध नरहेको देखाउँछ । उता मोदीको पनि कार्यसम्पादनमा प्रश्न उठेको छ । यसैले दुईमध्ये एकलाई फिर्ता बोलाउने तयारीमा प्रधानमन्त्री छन् ।

माओवादीबाट मन्त्री फिर्ता भएपछि जनमतबाट अनिता देवी साह मन्त्री बन्ने सम्भावना छ । यसअघि जनमतले साहकै नाम प्रधानमन्त्रीलाई बुझाएको बताइन्छ ।

सरकारमा माओवादीबाट उप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चारमा रेखा शर्मा, ऊर्जामा शक्ति बस्नेत, पर्यटनमा सुदन किराती, संघीय मामिलामा अमनलाल मोदी र महिन्द्रराय यादव पनि माओवादी कोटाबाटै मन्त्री छन् । सुशीला सिर्पाली ठकुरी माओवादीबाटै पर्यटन राज्यमन्त्री छिन् ।

प्रतिक्रिया दिनुहोस्

Array