हुम्लाको सर्केगाड गाउँपालिका–२ मा बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु , ४जना घाईते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

मुगु, सोरू गाउँपालिका-७ चिप्लेगौडामा सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ज.१ च ७७६२ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हुम्ला सर्केगाड गाउँपालिका-२ रिपगाँउ बस्ने २२ वर्षीय राम परियार, सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश बोहोरा, २० वर्षीय राम परियार, २२ वर्षीय पिउस परियार र मुगु सोरू गाउँपालिका-५ बस्ने ३७ वर्षीय लोकजंग नेपाली रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array