टर्की पठाउने भन्दै बिनोद श्रेष्ठले करौडौं रकम उठाएर फरार भएको भन्दै पीडितहरु मिडियामा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०८०, मंगलवार
5 Min Read
Aa

काठमाडौं,  रोजगारीका लागि टर्की पठाउने भन्दै नेपालमा करौडौँ रकम उठाएर एक जना सम्पर्कविहीन भएको बताउँदै पीडितको समूहले पत्रकार सम्मेलनको आयोजन गरेको छ। मङ्गलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरुले रोजगारीका लागि टर्की पठाइदिने भन्दै एक काँस्कीस्थित् पोखरा महानगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको चावहिल, चच्ुचेपाटी केएल टावरसँगै जमघट वाइट्स नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका बिनोद श्रेष्ठले आफूहरुलाई ठगी गरेको गुनासो पोखेका छन् ।
गत वर्ष २०७९ चैत्रदेखि रोजगारीका लागि भूकम्पपछि पुननिर्माणको सहयोगका लागि संयुक्त राष्ट्र संघमार्फत मासिक १४ सय डलर पारिश्रमिक हुनेगरि टर्की पठाउँछु भन्दै ती श्रेष्ठले आफूहरु २ सय जनालाई ठगेको उनीहरुको गम्भीर आरोप छ।उनीहरुले श्रेष्ठले आफू बौद्ध विकास समितिको सदस्यसमेत रहेको परिचयपत्र देखाउँदै संयुक्त राष्ट्रसंघ टर्कीको लेटरप्याडमा छापसहित अफर लेटर बनाई आफूहरूलाई दिएको स्मरण गराए । उनीहरूले श्रेष्ठले आफूहरूलाई पछि अनलाईन भिसासमेत दिएको दाबी गरेका छन्।
संयुक्त राष्ट्र संघको तर्फबाट भारतमा बसेर रोहितकुमार गुरुङ (आरके), सहयोगी आकाश तामाङ नेपालमार्फत जर्नेल निर्मल कुमार थापामार्फत समन्वय गरी र थापाका प्रतिनिधि मनिष ढकाल, पीडित भनिएको समूह र श्रेष्ठलगायत बसेर छलफल गरी काम अगाडि बढाउन लागेको भनिएको पीडितहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।  विज्ञप्तीमा भनिएको छ,‘२०८० असार १३ गते ४ जनालाई भारत पठाएको थियो। त्यसपछि निज बिनोद श्रेष्ठले सञ्चालन गर्दै आएको रेस्टुरेन्ट बिक्री गरी छोराछोरी पढाई रहेको विद्यालयबाट निकाली सामाजिक सञ्जालमा टर्की जान इच्छुक भई रकम बुझाएकाहरुलाई एकाएक ब्लक गरेपछि होटलमा बुझ्न जाँदा उक्त रेस्टुरेन्ट बिक्री गरिसकेको र निर्धारित समयसम्म कुनै पनि काम नभएकोले हामी पीडित भएका छौं।’ ‘पहिलो चरणमा करिव २ सय जनासँग ५० हजारदेखि १ लाखसम्म भिएफएस गर्न डेट आएको भनी ६७ जनासँग ३–४ लाखसम्म र भिएफएसको डेट निकाल्ने भन्दै ३४ जनासँग जनही २–४ लाखसम्म असुल गरी करिब ५ करोड रकम बुझाईएको थियो। अहिले सम्पर्कविहीन हुँदा हामी पीडित भएका छौं। तसर्थ न्यायको निम्ति हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ।

उनीहरूले दोषीलाई तत्काल सम्पर्कमा ल्याएर यथाशिघ्र कारवाही गर्न र आफूहरुलाई न्याय दिलाउन सरकारमक्ष माग गरेका छन् । कार्यक्रममा बोल्दै पीडित भनिएका दिपक बिक्रम देउजाले आज आयोजना गरिएको पत्रकार सम्मेलन कसैलाई अप्ठ्यारोमा पार्न नगरिएको बताउँदै आफूहरू पीडित भएको र न्यायका लागि ढोका ढक्ढकाईरहेको उल्लेख गरे। उनले ५ महिनापछि मात्रै आफू ठगिएको थाहा पाएको र डुबेको पैसा उठ्दा सबैको उठ्ने र नउठ्दा कसैको नउठ्ने हुँदा ठगिएका सबैलाई एकताबद्ध हुन आग्रह गरे। अर्का पीडित जगतसिंह बस्नेतले आफूहरू नेपालमा बेरोजगार भएको र पारिवारीक खर्च जुटाउन टर्की जानका लागि भन्दै श्रेष्ठलाई सुरुमै ७० हजार दिएको दाबी गरे । उनले श्रेष्ठले आफूहरूलाई टर्कीको भिषा आएको भन्दै कागजपत्र दिएको र त्यसबापत आफूले पछि ३ लाख रकम बुझाएको दाबी गरे। पैसा बुझाएपछि आफूहरूले अन्यत्र ठाउँ बुझेको र सबैले त्यसलाई नक्कली भनेको उनले बताए। उनले पहिला नेपालमापनि भूकम्प जाँदा विभिन्न देशहरूले सहयोग गरेको र अहिले टर्कीमापनि भूकम्प गएको हुँदा आफूहरूलाई संयुक्त राष्ट्र संघमार्फत टर्की लग्ने भनिएको हुँदा आफूलाई पनि विश्वास लागेको स्पष्ट पारे ।  श्रेष्ठले पैसा बुझाएपछि १÷२ दिन भन्दाभन्दै २ महिनासम्म झुलाएको उनको दाबी छ । उनले आफूहरूले जग्गाधितो, सहकारीहरूबाट ब्याज लिएर भएपनि श्रेष्ठलाई पैसा बुझाएको सुनाए ।

यस्तै, अर्का पीडित ध्वजबहादुर शाहीले आफू श्रेष्ठसँग जोडिएको ७÷८ महिना भएको र श्रेष्ठले पहिला दक्षिण कोरियाका लागि अफर गरेको र पछि टर्की जानका लागि आग्रह गर्दा आफूपनि जान राजी भएको बताए। टर्कीको लागि श्रेष्ठले आफूलाई काम र पारिश्रमिकको बिवरण सबै बताएको भन्दै कोरियाको लागि दिएको पैसा टर्की जाने कुरामा परिवर्तन गरेको उनले बताए। ७५ हजार आफूले त्यतिबेला जम्मा गरेको र नयाँ आउने व्यक्तिहरूसँग श्रेष्ठले ५० हजारका दरले पैसा मागेको उनले दाबी गरे। श्रेष्ठले टर्कीको अफर लेटर दिएको केही समयपछि अनलाईन भिसापनि निकालेको र अनलाईन भिसा आएपछि ५० प्रतिशत रकम अगाडि नै दिनुपर्ने बताएनुसार आफूले जान लाग्ने जम्मै रकम ८ लाखको ५० प्रतिशत रकम श्रेष्ठलाई बुझाएको उनले दाबी गरे। त्यसपछि ४ जना भिएफएक्सका लागि भारतको नयाँ दिल्ली गएको र दिल्ली भएका एजेन्टले केही समयपछि आफ्नो राहदानी लगेको उनले दाबी गरे। आफूहरू दिल्ली भएकै बेला नेपालमा श्रेष्ठ सम्पर्कविहीन भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

Array