नेपालले चितवनको गौतमबुद्ध र धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाइदिन भारत सरकारसँग प्रस्ताव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

चितव, नेपालले चितवनको गौतमबुद्ध र धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाइदिन भारत सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दहाल भारत भ्रमणमा गएको समयमा यी दुई रंगशाला बनाउन सहयोग मागेकोमा भारतले प्रारम्भिक सहमती जनाएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। गत जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसागको बैठकमा प्रधानमन्त्री दहालले मौखिक प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि समावेश थिए । तर भ्रमणको दुई महिना पछि मात्र उनले यो कुरा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array