नागरिकताको सिफारिसका लागि वडा अध्यक्षले ४० हजार घुस मागेको पीडितको आरोप, सिफारिस नदिए झुण्डिएर मर्ने चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं,  बारा, पचरौता नगरपालिका वडा नम्बर ५ का मोसाहेव मियर अन्सारीले छोराहरुको नागरिकता बनाउन सिफारिस माग्दा वडा अध्यक्ष लक्ष्मी यादवले घुस मागेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै उनले छोराहरु आशिक अन्सारी र समीर अन्सारीको नागरिकता बनाउन सिफारिस माग्दा वडा अध्यक्ष यादवले ४० हजार घुस मागेको बताएका हुन् । पीडित अन्सारीले गत असार २९ गते छोराहरुको नागरिकता बनाउनका लागि सिफारिस लिन गएको बताए । आफ्नो जन्मको आधारमा नेपाली नागरिकता रहेको बताउँदै उनले श्रीमतीको नागरिकता बनाउँदा पनि दुई पटक गरेर ३८ हजार रुपैयाँ घुस दिएको बताए । घुस दिएपछिमात्रै वडा कार्यालयबाट नागरिकताको सिफारिस पाएको उनको भनाई छ ।
उनले श्रीमतीको नागरिकतको सिफारिस बनाउन बुहारीको गहना बेचेर वडा अध्यक्षलाई घुस रकम बुझाएको बताए । घुस रकम दिएपछि श्रीमतीको नागरिकताको लागि सिफारिस बनाइदिएको उनको दाबी छ । दुई भाई छोराको नागरिकता बनाउन सिफारिस लिन जाँदा तीन दिनसम्म फाइल अड्काएर पैसा मागेको र ‘अहिले पैसा छैन, कमाएर दिन्छु’ भन्दा फाइल च्यातिदिएको उनले बताए । उनले आफू र श्रीमतीको नेपाली नागरिकता रहेको पनि देखाए । साथै, आफूहरु सगोलमा रहेको बताउँदै उनले उक्त ठाउँमा भाईको नाममा जग्गा रहेको जग्गा धनी प्रमाण पुर्जासमेत देखाए ।
आफूले पैसा दिएर छोराहरुको नागरिकता बनाउन नसक्ने उनले बताए । आफूसँग रहेका विभिन्न प्रमाणहरु देखाउँदै उनले भने,‘मेरो श्रीमतीको नागरिकता बनिसक्यो । मेरो भाईको नाममा जमिन छ, हामी एकै ठाउँमा बसेका छौं । छुट्टै छैनौं । छोराको स्कूलको प्रमाणपत्र पनि छ । नागरिकता बनाउन दिने पैसा मसँग छैन । नबनेपछि फाँसी लगाएर मर्छु,’–उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array