अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ आश्विन २०८०, शनिबार
4 Min Read
Aa

काठमाडौं,  काठमाडौं, सिन्धुली, कमलामाई नगरपालिका(९ भिमानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ९० मिलिग्रामसहित भारत उत्तर प्रदेश बलिया ग्राम पन्चायत सुखापुरा गरवार घर भई हाल पाँचथर फिदिम नगरपालिका(१ बस्ने २० वर्षीय पवन शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा।५ ख ३६० नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बारा, जितपुरसिमारा उपमहानगरपालिका(२१ स्थित दुधौरा खोलाको झुलुङगे पुलबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका(१० मटिअर्वा बस्ने २५ वर्षीय रंजित प्रसाद चौरसिया र जितपुरसिमारा उपमहानगरपालिका(३ छटिमाई बस्ने ३४ वर्षीय मकसुधन राउत बरै रहेका छन् । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ना।२५ प ५८१४ नम्बरको मोटरसाइकलमा सवार रंजितलाई ४ केजी र प्रदेश ३(०२(००६ प २३९ नम्बरको मोटरसाइकलमा सवार मकसुधनलाई ४ केजी गाँजासहित फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका(६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्रामसहित विर्तामोड नगरपालिका(३ विर्ताबजार बस्ने २४ वर्षीय उत्सब चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही स्थानबाट मेचीनगर नगरपालिका(९ बस्ने २० वर्षीय निर्दोस डाँगीलाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित र उनकै साथी सोही ठाउँ बस्ने २७ वर्षीय साजन राजवंशीलाई मेचीनगर नगरपालिका(६ स्थित काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोईन ९ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही, सियारी गाउँपालिका(४ धमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७४ मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कंचन गाउँपालिका(१ बस्ने २९ वर्षीय महेश प्रसाद थारू र २२ वर्षीय जोसेफ चौहान क्षेत्री रहेका छन् । अस्थायी प्रहरी पोष्ट छपियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सिरहा, गोलबजार नगरपालिका(६ लक्ष्मी मन्दिर बस्ने ३६ वर्षीय राम एकवाल गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, बागमती नगरपालिका(३ जिरायत बस्ने ५८ वर्षीय भिम बहादुर राई र उनकै श्रीमती ५५ वर्षीया सोम माया थिङलाई अवैध लागूऔषध गाँजा १ केजी ५ सय ४२ ग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सर्लाही, मलंगवा नगरपालिका(१० राजदेवी मन्दिर पछाडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६४ केजी शुक्रबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका अन्दाजी १५ जना व्यक्तिहरूले बोकेको प्लाष्टिकले बेरिएको १२ वटा पोका फाली फरार भएपश्चात प्रहरीले पोका तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, वीरगंज महानगरपालिका(२२ मनियारी टोलस्थित खेतबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ३ सय ३५ एम्पुल, नुर्फिन ३ हजार १ सय ६९ एम्पुल र फेनारगन ३ हजार ४ सय ११ एम्पुल शुक्रबार बेलुकी प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले खेतमा रहेको बोराभित्र उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array