तारकेश्वरलाई नेपालकै नमुना नगर बनाउन आइपर्ने जस्तोसुकै बाधा अवरोधलाई सामना गर्न तयार छु :नगरप्रमुख महर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ आश्विन २०८०, सोमबार
10 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकालाई नेपालका ७५३ स्थानीय निकाय मध्य उत्कृष्ट स्थानीय निकाय बनाउन आइपर्ने जुनसुकै बाधा अवरोधलाई सामना गर्न तयार रहेको बताउनु भएको छ ।
नगरप्रमुख महर्जनले निर्वाचनका समयमा जनता माझ गरिएका प्रतिबद्धता पुरा गराउन तथा नगरपालिकालाई पारदर्शी, शुसासन र भ्रष्टाचार रहित नगरपालिका बनाउन कठोर कदम चाल्न पनि पछि नपर्ने बताउनुभयो ।
नगरपालिकामा शुसासन कायम गर्न जनप्रतिनिधि जस्तै कर्मचारीहरुको पनि भुमिका ठुलो रहने बताँउदै नगरप्रमुख महर्जनले नगरपालिकाको हितका निम्ती कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउन पुरस्कृत र प्रोत्साहन दिंदै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “मैले कर्मचारी साथीहरुको कामलाई मुल्यांकन गरेर प्रोत्साहन र पुरस्कृत समेत गदै आइरहेको छु, तर पछिल्लो समयमा केहि कर्मचारीहरुका बिषयमा आचरण बिपरीतका गम्भीर बिषयहरु उठेका छन्, त्यस बिषयमा सुस्म अध्ययन गदै छु, गलत देखिएमा जुनसुकै दर्जाका कर्मचारी रहेपनि कारबाही गर्नेछु”
नगरप्रमुख महर्जनले आचरण बिपरितको काम गरेको पाइएकाले एक जना कर्मचारीको हालै करार रद्ध गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मैले कर्मचारीलाई कहिल्यै पनि राजनीति नजरले हेरीन, कर्मचारीलाई कर्मचारीकै रुपमा हेदै आइरहेको छु, आज पनि म त्यही भन्छु भोली पनि भन्छु, कर्मचारीको बिचार हुन्छ तर पार्टी हुंदैन, त्यसैले नगरपालिकामा काम गर्ने क्रममा कर्मचारीहरुले पुर्वाग्रहरी र ग्रुपीजम गरेको सहय हुंदैन”
नगरप्रमुख महर्जनले आफु नगरप्रमुखको रुपमा नाम लेखाउन मात्र राजनीतिमा नआएको बताँउदै तारकेश्वरको समृद्धि र विकासका लागि आएको बताउनुभयो ।
नगरप्रमुख महर्जनले आँउदै गरेको दशैं, तिहार लगायतको चाडपर्वको अवसरमा कालोबजारी नियन्त्रणका लागि नगरपालिकाले बजार अनुगमन गर्ने बताउनुभयो । नगरपालिकाले गत बर्ष बजार अनुगमन गरेर ४० भन्दा बढी व्यवसायीकलाई कारबाही समेत गरेको छ ।
तारकेश्वर नगरपालिकाले विकास निर्माणका कामलाई गुणस्तरीय र चुस्त दुरुस्त बनाउन यस बर्ष देखि २५ लाख भन्दा बढीका योजनालाई ठेक्कामा लैजाने भएको छ । नगरप्रमुख कृष्ण हरि महर्जनले ठेक्काबाट आउने बिलो रकमबाट उपभोक्ता समिति मार्फत वडाहरुमा थप काम गरिने बताउनुभयो ।

नगरप्रमुख महर्जनको नेतृत्वमा भएका केहि महत्वपुर्ण कामहरु

नगरप्रमुख कृष्णहरि महर्जनले नेतृत्व सम्हालेकै दिन देखि नगरपालिकामा परिवर्तनको सुरुवात थाल्नु भएको छ । मेयर महर्जनले नगरपालिकामा दैनिक सेवा लिने सेवाग्राहीलाई राजश्व तिर्नको लागि बैकको शाखा सम्म धाउनुपर्ने अवस्थालाई अन्त्य गदै नगरपालिकाको गेटमानै बैकको राजश्व काउण्टरको व्यवस्था मिलाएर परिवर्तनको सुरुवात थाल्नु भएको छ । नगरप्रमुखको यस प्रयासले बैक सम्म धाउन कठिन हुने जेष्ठ नागरिक, अशक्त र अपांगता भएका नगरवासी सेवाग्राहीलाई निकै सहज भएको छ । नगरपालिका कम्पाउण्डमानै एकिकृत सेवाको सुभारम्भले नगरवासीले सुसासनको प्रत्याभुती पाएका छन् । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु कोठा–कोठा धाएर कर्मचारीहरु खोज्नुपर्ने बाध्यतालाई मेयर महर्जनले सुरु गरेको एकिकृत सेवाले निकै ठुलो राहतको महसुस गरेको छ । घरको नक्सापास, राजश्व लगायतका सेवा लिन नगरपालिका पुग्ने कर्मचारीहरुले कम्पाउण्ड रहेको एउटै ट्रष्टबाट सेवा लिन पाएका छन् । यस अघि ति सेवा लिन नगरपालिकाको अगाडी र पछाडीको भबनको कोठा कोठामा पुगेर सेवाग्राहीले हैरानी बेहोर्नुपरीरहेको थियो ।
तारकेश्वरको नगरप्रमुख महर्जनले आफनो अवधीभर कुनै किसीमको सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । मेयर महर्जनले आफुले पाउने सेवा सुविधा बापतको रकम संकलन गरेर सामाजीक काममा खर्च गर्ने बताउनु भएको छ । मेयर महर्जनले आफुले पाउने सेवा सुविधाबाट जम्मा भएको रकम अनाथालय, बृद्धाश्रम, अपांगता पुनस्थापना केन्द्र र जेष्ठ नागरिकहरुको निम्ती सहयोग गदै आउनुभएको छ ।
दुई तिर निकुञ्ज क्षेत्रसंग सिमाना रहेको तारकेश्वर नगरपालिकाबासी जहिले पनि पिउने पानीको समस्या झेल्दै आइरहेका थिए । मेयर महर्जनले आफ्नो चुनावी घोषणा पत्र र पदभार ग्रहणको क्रममा तारकेश्वर नगरपालिकामा पानी सहितको एक घर, एक धारा अभियानको घोषणा गर्नुभएको थियो । मेयरले उक्त घोषणा अनुरुप तारकेश्वर क्षेत्र भित्र रहेर त्यतीकै खेर गएका पानीका श्रोतहरुलाई एकिकृत गर्ने र प्रसोधन गरेर सो पानीलाई नगरबासीलाई बितरण गर्ने अभियानमा लाग्नुभएको छ । १ लाख ५१ हजार स्थायी र अस्थायी लाखौं मानिसको बसोबास रहेको तारकेश्वरमा एकै पटक खानेपानीको समस्या समाधान गर्न नगरपालिकाको मात्र श्रोतले नपुग्ने भएकाले मेयरले काठमाण्डौं महानगरपालिका, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, प्रदेश र केन्द्रीय सरकारसंग पनि समन्वय गरेर उक्त समस्याको दिर्धकालीन समाधान खोज्न प्रयासरत हुनुहुन्छ । तारकेश्वरका मुहानबाट खेर गइरहेको पानीहरुलाई एकिकृत गरेर नगरपालिका भरी बितरण गर्ने योजनाका लागि नगरपालिकाले डिपिआर तयार गरिरहेको छ । जनतालाई मुहानको स्वच्छ पानी जनतालाई खुवाउन तारकेश्वरको ११ वटै वडामा २० लाख लिटरको ट्याङकी निर्माण गरेर वडाबासीलाई सहज तरीकाले पानी बितरण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । नगरप्रमुख महर्जनको नेतृत्वमा आएसंगै तारकेश्वरका वडा नं १०,११,७,९ मा डिपबोरीङ तयार भएका छन् भने वडा नं ४ र ५ तथा वडा नं २ मा बृहद्ध खानेपनी योजनाहरु सुरु भएका छन् ।
तारकेश्वर नगरपालिकाको प्रशासन, चुस्त र पारदर्शी बनाउन नगरप्रमुख महर्जन नेतृत्वमा आएसंगै डिजिटल भुक्तानी सुरु भएको छ । नगरपालिका भित्र हुने आर्थिक कारोबार डिजिटल प्रणालीबाट हुने भएपछि यसले आर्थिक अनुसान कायम गर्न ठुलो सहयोग पुग्ने छ ।
त्यस्तै नगरपालिकामा जनताको गुनासो र समस्यालाई सम्बोधन गर्नका लागि २४ घण्टानै सेवा दिने गरी हटलाईन सेवा सुरु भएको छ । जहाँ नगरप्रमुखलाई सिधै गुनासो राख्न सकिने छ भने रातसाँझ जनतालाई पर्ने पिरमर्का, एम्बुलेन्स, अस्पतालका इमरजेन्सी सेवालाई हटलाइनका कर्मचारीहरुले सहयोग गर्ने छन् ।
तारकेश्वरलाई व्यवस्थीत रुपमा विकास गर्नका लागि काठमाण्डौं महानगरपालिका पछि तारकेश्वर नगरपालिकाले तारकेश्वर नगरपालिका विकास प्राधिकरण गठन गरेर काम सुरुवात गरेको छ ।
त्यस्तै शिक्षामा बिगत १ करोड लगानी हुंदै आएको अवस्थामा नगरप्रमुख महर्जनले नगरको नेतृत्वमा आएसंगै शिक्षामा ८ करोड रकम बिनियोजन गर्नुभएको थियो । गतबर्ष शिक्षामा सर्वाधीक लगानी गर्ने अग्रणी नगरपालिकाको रुपमा रहेको तारकेश्वरले यस बर्ष करिब ९ करोड शिक्षा क्षेत्रमा रकम बिनियोजन गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि नगरपालिकाले गत बर्ष जितपुर मा.विलाई एउटा बस प्रदान गरेको छ भने यस आर्थिक बर्षमा दुईवटा विद्यालय बस हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख महर्जनले बताउनुभयो । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरका लागि रातोबंगला फाउण्डेसनसंगको सहकार्यमा तारकेश्वरका सामुदायि विद्यालयहरुमा मन्टेश्वरी कक्षाका लागि विशेष कार्यक्रम लागु भएको छ । यस कार्यक्रमका लागि रातोबंगला फाउण्डेसनले नगरपालिका समुदायिक विद्यालयमा मण्टेश्वरी शिक्षाका लागि करिब ६७ लाख रकम खर्च गर्ने छ ।
तारकेश्वर नगरपालिकाले छिमेकी नगरपालिका भन्दा पनि बढी राजश्व लिने गरेको भन्दै जनताले गुनासो गरिरहेको अवस्थामा मेयर महर्जनले आफ्नो पदभार ग्रहणकै दिन राजश्वको दायरा बढाउने र राजश्व घटाउने प्रतिबद्धता जनाउनु भएको थियो । महर्जनकै पहलमा तारकेश्वरमा यस अघि लिंदै आइएको राजश्वका दरहरु कम गरिएका छन भने राजश्वका दायरा बढेको छ । बिदेश जाने आफ्ना सन्ततीका लागि परिवारको आम्दानी देखाउन धेरै घरबहाल कर देखाउनुपर्ने र बढी राजश्व तिनुपर्ने बाध्यतालाई मेयर महर्जनले सहज बनाँउदै यस अघि बिदेश जाने प्रयोजनको लागि तिनुपर्ने १० प्रतिशत बहालकरलाई घटाएर १ प्रतिशत मात्र कर तिर्ने व्यवस्था गर्नुभएको छ । तारकेश्वरमा शहरको बिस्तारसंगै पैत्रीक सम्पत्ती बेचेर एउटा घरमा मात्र बस्ने र कम आम्दानी भएका परिवारका निम्ती नगरपालिकाले गरेको यो व्यवस्थाले निकै राहत मिलेको छ ।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन नेतृत्वको टिमले खानेपानी, खेलकुद, कलासंस्कृति, शिक्षा, विपद व्यवस्थापन, सुशासन, आर्थिक व्यवस्थापन, भौतिक पुर्वाधार, फोहरमैला व्यवस्थापन, स्वास्थ्य सेवा लगायतमा क्षेत्रमा निकै उपलव्धीमुलक कामहरु गरेको छ । मेयर महर्जनले तारकेश्वर विश्वविद्यालय, तारकेश्वर स्टेडियम, खुल्ला चिडियाघर, बृद्धाश्रम, स्मार्ट सिंचाई प्रविधि लगायतका दिर्घकालीन योजनाहरु समेत सार्वजनीक गर्नुभएको छ ।
तारकेश्वर नगरपालिकाको न्यायीक समितिको नेतृत्व गर्नुभएको उपप्रमुख सृजना बुर्लाकोटीले न्यायीक क्षेत्रमा गरेका केहि कामहरु नेपालका अन्य स्थानीय निकायहरुले समेत अनुसरण गरिरहेका छन् । गत आर्थिक बर्ष महिला जनप्रतिनिधिलाई स्थानीय निकायको मैजुदा कानुन सम्बन्धी तालिम प्रदान गरेको तारकेश्वर नगरपालिका महिला जनप्रनितिनिधिहरुलाई मैजुदा कानुनको पढाउने नेपालकै पहिलो नगरपालिका रहेको भन्दै सार्वजनीक कार्यक्रममा उच्च अदालतका एक जना न्यायधीशले खुलेरै प्रशंसा गर्नुभएको थियो ।न्यायीक समिति मार्फत गत आ.व मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कानुनी शिक्षा सम्बन्धी तालिम प्रदान गरिएको थियो । न्यायीक समिति मार्फत पनि धेरै उपलव्धी मुलक कामहरु भएका छन् ।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन व्यवसायीक पृष्ठभुमि र समाजसेवा प्रति उत्कट चाहना राख्ने व्यक्तित्व भएकाले तारकेश्वर नगरपालिकाको सेवा सुविधा उहाँको लागि जरुरी पनि छैन् । उपमेयर सृजना बुर्लाकोटीको कार्यशैली र स्वभाव पनि मेयरको भन्दा खासै फरक छैन् । नगरपालिकाको हितका निम्ती मेयर र उपमेयरको बिचार र भाबना उस्तै भएकाले पनि तारकेश्वरको समृद्धि उहाँहरुकै कार्यकालबाट सुरु भइसकेको छ । त्यती मात्र होइन तारकेश्वरका ११ वटै वडाका अध्यक्षहरु जुझारु र नगरपालिकाको हितका निम्ती केहि गरौं भन्ने भावना बोक्नेहरु रहेकाले यस पटक नगरवासीहरुले परिवर्तनको प्रत्याभुत अवश्य गर्नपाउने छन् । तारकेश्वर नगरपालिकामा मेयर र उपमेयरले प्रशासनीक काम गर्नका लागि कार्यकर्ता भर्ति केन्द्र बनाउने भन्दा पनि आवश्यकतालाई हेरेर नगरपालिकालाई बढी व्यभार नपर्ने गरी सचिवालय चलाइरहनु भएको छ । त्यो तारकेश्वरको मात्र नभएर धेरै नगरपालिकाहरुको लागि उदाहारण बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Array