निमा एकेडेमीले विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ आश्विन २०८०, मंगलवार
3 Min Read
Aa

 काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कदमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको निमा एकेडेमी स्रोतले जानकारी दिएका छन् ।। यस प्रकारको प्रतियोगिता रोबोटिक्स, कोडिङ र एआई च्याम्पियनसिप नेपालमा पहिलो पटक सुरुवात गर्न लागेको हो ।

यो प्रतियोगिता स्टेमपेडिया लगायत मोटवानी जडगेजा फाउन्डेसन, आर्टपपार्क, एआई र रोबोटिक्स टेक्नोलोजी पार्क र नीति आयोग द्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (एसडीजीएस) सँग आवद्ध वार्षिक कार्यक्रम हो । दिगो भविष्यतर्फ युवा विद्यार्थीहरूको क्षमताको उपयोगमा स्टेमपेडिया को विश्वव्यापी प्रभावलाई मान्यता दिँदै निमा एकेडेमीले यस क्षेत्रीय च्याम्पियनसिपको आयोजना गर्न साझेदारी गरेको छ। जसले समुदायमा व्यापक रूपमा एक लहर सिर्जना गरेको छ । यसका साथै निमा एकेडेमीले स्किल्सअप ग्लोबलसँग तालिम साझेदारको रूपमा सहकार्य गर्ने छ ।

कार्यक्रमको अवसरमा निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले भन्नुभयो, “यो नेपालमै पहिलो पटक हुनलागेको अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता एक ऐतिहासिक कोसेढुङ्गा हुने छ । यसले विद्यार्थीहरूलाईउनीहरूको एआईसम्बन्धी विशेषज्ञता विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने छ । यस अनुभवले विद्यार्थीहरूमा क्षमता पहिचानका अतिरिक्त भविष्यका लागि उनीहरूको सिप अभिवृद्धि गर्न मद्दत गर्ने छ ।”

यस्तो कार्यक्रम सन् २०२२ मा आयोजना भएको थियो जसमा ७० भन्दा बढी देशका सहभागीहरुले प्रतियोगितामा भागलिएका थिए र १३ देशबाट ५० जना सहभागीहरू विजयी घोषित गरिएका थिए । उक्त कार्यक्रम भव्य रूपमा सफल भएकोथियो ।

यो कार्यक्रममा देशभरका १०० विद्यालयका करिब २००० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । अक्टोबर ६,२०२३ देखि नोभेम्बर ३०, २०२३ सम्म सहभागीहरूको आवेदन फाराम खुला रहने छ । राष्ट्रिय रूपमा चयन गरिएका कुलसहभागीहरुमध्ये ५० जना सहभागीहरूले निमा एकेडेमीमार्फत उद्योग विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन प्राप्त गर्नेछन् । उनीहरूलाई जनवरी र फेब्रुअरी २०२३ को बिचमा आयोजना हुने तय गरिएको क्षेत्रीय प्रतिस्पर्धा समारोहमा सम्मानित गरिने छ । कुल ५० टिमहरूमध्ये शीर्ष १० टिमहरूलाई २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनाले समारोहकोलागि छनोट गरिने छ ।

निमा एकेडेमी शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका शिक्षाविद्द्वारा सन् २०१८ मा स्थापित एक एडटेक कम्पनीहो । डिजिटलाइजेसन (Digitalization) को माध्यमबाट नेपाली शिक्षा प्रणालीमा दशकौँदेखिको शैक्षिक विशेषज्ञतालाईआधुनिक प्रविधिसँग जोडेर नेपालमा परम्परागत सिकाइ विधिलाई स्तरोन्नति गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।आफ्नो स्थापना कालदेखि नै निमा एकेडेमीले २१ औँ शताब्दीका विद्यार्थीहरूको आवश्यकताअनुरूप भिडियो तथा विभिन्नई–लर्निङ स्रोतहरू विकास गर्दै आएको छ । यसका साथै निमा एकेडेमीले शैक्षिक कोडिङ एप पिक्टोब्लक्सदेखि एआई एप्लिकेसन निर्माणमा प्रयोग गरिने पिथोन जस्ता कोडिङ एप्लिकेसन प्रोग्रामिङको बलियो आधार प्रदान गर्दै एआई को क्षेत्रमा प्रवेश गरेको छ ।  निमा एकेडेमी बारे थप जानकारीका लागि तलको लिंकमा क्लिक गरेर जानकारी लिन सक्नु हुनेछ । https://neemaacademy.com/ https://www.neemaacademy.com/codeavour.

प्रतिक्रिया दिनुहोस्

Array