सहकारीमा लेखा समितिको भूमिका ओझेलमाः सापकोटा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं,  राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले नेपालको सहकारीमा लेखा समितिको अभ्यासः व्यवस्था र अवस्थाका विषयमा प्रस्तुती गरेका छन् । सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको गोष्ठीमा पहिलो सत्रमा प्रस्तुति गर्दै उनले सहकारीमा आन्तरिक नियन्त्रण प्रभावकारी बनाउन समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

न्तिरिक लेखा नियन्त्रण प्रणाली कमजोर भएका सहकारी संस्थामा अहिले वित्तीय संकट आएको भन्दै उनले समितिको भुमिका प्रभाकारी भएका संस्थाहरु राम्रोसँग सञ्चालन भएको जनाए । राज्यले सहकारीको अनुगमनन गर्दा लेखा समितिले काम गरेको छ वा छैन, उसले दिएका सुझावहरु कार्यान्वयन गरेको छ छैन भन्ने जस्ता विषय समेत नहेर्दापनि सस्थाहरुमा समस्या बढेको उनले बताए । सञ्चालका समितिलाई सकृय बनाउन र उनीहरुले गरेका गतिविधिका विषयमा सुस्म ढंगले अध्ययन गरी संस्थालाई सुव्यवस्थित गराउनलाई समिति सकृय रुपमा लाग्न उनले सुझाव दिए । सञ्चालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउने काम लेखा समितिको भएको उनको बुझाई छ ।
सहकारीमा वित्तीय जोखिम जहिले पनि आउन सक्ने हुँदा त्यसको समाधानको लागि समिति चनाखो हुनुपर्नेमा उनले जोड दिए । ‘सहकारी संस्थामा लेखा समितिको भुमिका ओझेलमा परेको छ । संस्थामा समितिको भुमिका के भन्ने? बुझाई प्रष्ट भएन’, उनले थपे, ‘सहकारी ऐन २०७४ र नियमावलीले समितिको भुमिकाको विषयमा प्रष्ट रुपमा उल्लेख गरेको छ । समितिले आफ्नो भुमिकालाई बुझेर काम गर्नपर्ने हुन्छ ।’
कार्यक्रमको अध्यक्षता धर्मराज देवकोटा तथा टिप्पणीकर्ता नवराज सापकोटाले गरेका थिए । सस्थाको सम्पत्तिको सुरक्षण र सदस्यको बचतको संरक्षण गर्ने काम लेखा समितिको भएको टिप्पणीकर्ता सापकोटाले आंैल्याए । कसैको दवाव र प्रभावमा नपरी समितिले काम गर्नपर्ने र ऐनले व्यवस्था गरेको अधिकारलाई प्रयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा विभिन्न सहकारी संस्थाका सहभागिहरुले लेखा समितिको तालिमहरु प्रयाप्त नभएको र समितिले उठाएका विषयहरुलाई सञ्चालकहरुले लागु नगरेको समेत गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

Array