चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ आश्विन २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं ।  चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा १९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हाङझाव जाँदै छिन् ।
तेक्वान्दोमा पारा ओलम्पियन पलेशा गोबद्र्धनले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् । पलेशा अध्ययनका साथै प्रशिक्षणका लागि चीनको सांघाईमा रहेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । उनी त्यत्तैबाट पारा खेलकुदमा सहभागी हुने प्रशिक्षक लामाले जनाएका छन् । पलेशाले नै उद्घाटन समारोहको मार्च पास्टमा नेपालको झण्डा बोक्ने टोलीका सेफ दि मिसन एवं नेपाल पारालिम्पिक कमिटीका कोषध्यक्ष ओमनाथ सिवाकोटीले जानकारी गराए । तेक्वान्दोको व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।
एथलेटिक्समा साङबु भोटेले १ सय मिटर दौड तथा सुरज भाटले ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा सहभागी हुने छन् । प्रशिक्षकमा सीता भण्डारी छिन् । ब्याडमिन्टनमा प्रकाश अधिकारी र हेम गुरुङले सिंगल्स÷डबल्स स्पर्धामा खेल्ने छन् । सुटिङको १० मिटर एयर राइफलमा हिमाल अर्यालले प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै आर्चरीमा शक्ति गौचन र फणिनारायण पौडेलले ७५ मिटर दूरी, पावर लिफ्टिङमा दुर्गामान तामाङले ७३ केजी र पवन घर्ती मगरले ७० केजी तथा पौडीको ५० मिटर फ्रिस्टायलमा भीमबहादुर कुमाल, रमेश खत्री र जेनिशा कडायतले खेल्ने छन् । पावर लिफ्टििङको प्रशिक्षकमा सञ्जय महर्जन तथा पौडीको प्रशिक्षकमा विजेनमान श्रेष्ठ छन् ।
साइक्लिङमा रञ्जना धामीले ३ हजार र ५ हजार मिटर दूरी तथा जुडोमा मनोज भट्टले ७३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । जुडोको प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् । टेबलटेनिसमा डिगमसिंह चेम्जोङ, केशव थापा, लाली तामाङ र विवेक राईले चुनौती पेश गर्ने छन् ।
अफिसियलमा गणेश कक्षपति, प्रदीप थापा, नारायणराज अर्याल, टेकबहादुर गुरुङ, सरोज श्रेष्ठ, विश्वास बस्नेत, अभिषेक पाण्डे र तारा मोक्तान छन् । सेफ दि मिसन सिवाकोटीसहितको २० सदस्यीय टोली सोमबार हाङझाव प्रस्थान गर्दै छन् । बाँकी टोली दुई चरण (अक्टोबर १७ र २० तारिख) मा हाङझाव जाने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array