बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ माघ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं, बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्ने भएको छ ।प्रदेश सरकारको मङ्गलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चितवनमा निर्माणाधीन उक्त रङ्गशालाका लागि स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो । भरतपुर महानगरसँगको सम्झौता अनुसार प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाको प्रस्तावित लागत अनुमान ७५ करोड रुपैयाँमध्ये ७० प्रतिशत बेहोर्ने सम्झौता अनुसार स्रोत सुनिश्चितता गरिएको जानकारी दिए । उनले ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितता गरेको बताए ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार र महानगरपालिकाबिचको सहमतिअनुसार प्रदेश सरकारले उक्त रङ्गशालाका लागि ५२ करोड ५० लाख रुपैयाँ बराबर बजेट व्यवस्थापन गर्ने गरी स्रोत सुनिश्चितता गरेको बताए । गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाले तयार गरेको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम बेहोर्ने गरी सम्झौता गरिएको थियो । महानगरपालिकाले तयार गरेको प्रस्ताव अनुसार पहिलो चरणमा १० हजार दर्शक क्षमताको प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माण गरिने भएको छ ।

tv annapurna

प्रतिक्रिया दिनुहोस्

Array