६४ किलो गाँजासहित एक जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ माघ २०८०, बुधबार
1 Min Read
Aa

मकवानपुर,   मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजालाई अवैध लागूऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मलराख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापा,  मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित शिवसताक्षी नगरपालिका-५ बस्ने २३ वर्षीय शायद बोहोरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array