नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को बिन्दुमा कायम भएको हो ।  आज तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता शेयर ७६ हजार आठ सय तीनपटक खरिदबिक्री हुँदा तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार बराबरको कारोबार भएको छ । विकास बैंक समूहको उपसूचक शून्य दशमलव २५, वित्त समूह शून्य दशमलव ७२, लगानी समूह शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७१ र अन्य समूह एक दशमलव १० प्रतिशतले बढेका छन् ।  अरु सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ समूह शून्य दशमलव ४२, होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ३१, जीवन बीमा समूह शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव ७४, म्युचुअल फन्ड शून्य दशमलव ०५, निर्जीवन बीमा समूह शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ३५ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३१ करोड ७३ लाख ७० हजार नौ सय ९८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको पाँच लाख २९ हजार सात सय ३१ कित्ता शेयर किनबेच भएको छ । रासस   

प्रतिक्रिया दिनुहोस्

Array