तारकेश्वरमा अब महिनामा ८ दिन मेलम्चीको पानी बितरण हुने, नगरपालिका र केयुकेयल महाराजगञ्ज शाखा बिच सम्झौता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ फाल्गुन २०८०, बिहीबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा अव प्रत्यक ४ दिनको फरकमा मेलम्चीको पानी बितरण हुने भएको छ । हप्तामा एक दिन मुस्कीलले पानी पाइरहेका तारकेश्वर नगरवासीहरुलाई पिउने पानीको अभाब अन्त्य गर्न तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जको पहलमा महिनाको ८ दिन तारकेश्वरमा मेलम्चीको पानी बितरण हुन लागेको हो ।

No description available.
तारकेश्वर नगरपालिका र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखा बिच आज खानेपानी व्यवस्थापन गर्नका निम्ती सम्झौता भएको छ । तारकेश्वर नगरपालिकामा आज एक कार्यक्रमका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाका प्रमुख इ. मनिस ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता पत्रमा तारकेश्वर नगरपालिकाका तर्फबाट साक्षिका रुपमा उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त तथा काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाका तर्फबाट प्राविधिक अधिकृत पुष्प भण्डारी र सब इञ्जिनियर जितेन्द्र कुमार शाहले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार तारकेश्वरमा खानेपानी व्यवस्थापनको काम सम्पन्न गरेपछि तारकेश्वर नगरपालिकाले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखालाई दुई करोड ९० लाख सत्तरी हजार ६ सय पैतालीस रुपयाँ उपलव्ध गराउनेछ ।
सम्झौता पछि अव दुई हप्ता भित्रमा तारकेश्वर नगरवासीहरुले प्रत्यक ४ दिनको फरकमा मेलम्चीको पानी पिउन पाउने छन् भने यस अघि बितरण भइरहेको भुमिगत पानी पुरानै तालिका अनुसार बितरण हुनेछ । जस अनुसार मेलम्चीको पानी र भुमिगत पानी गरी नगरवासीको घरघरमा अब हप्तामा दुई पटक पिउने पानी पुग्नेछ ।
सम्झौता अनुसार काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाले तारकेश्वर नगरपालिका अन्तर्गतका वडा नं २,३,६,७,८,९,१० र ११ गरी ८ वटा वडाका बिभिन्न स्थानहरुमा पाइपलाइन बिस्तार, सम्पवेल, बुस्टर पम्पजडान र बिद्युत केवल प्यानलबोर्ड जडान, पाइपलाइन डन्टरकनेक्सन गर्नेछ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरवासीहरुलाई स्वच्छ पिउने पानी खुवाउने अभियानलाई पुर्णता दिन आफु अहोरात्र लागि परेको बताउनुभयो । नगरप्रमुख महर्जनले तारकेश्वरमा मेलम्चीको पानी बितरण पछि नगरवासीहरुलाई थोरै भएपनि पिउने पानीको अभाब अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तारकेश्वरमा आफु राजनीतिका लागि राजनीति गर्न भन्दा पनि केहि परिवर्तन गरौं भन्नका लागि आएको बताँउदै नगरप्रमुख महर्जनले आफ्नो कार्यकाल भरी तारकेश्वर नगरपालिकालाई नेपालको नमुना नगरपालिका बनाउन चाहेको बताउनुभयो ।
काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाका प्रमुख इ. मनिस ढुंगानाले नगरपालिका संगको सम्झौता अनुसार बढीमा दुई साता भित्र नगरबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने बताउनुभयो । काठमाण्डौंमा मेलम्चीको पानी अत्याधीक माग रहेको बताँउदै ई ढुंगानाले तारकेश्वरमा मेयरकै बिशेष अनुरोधमा केयुकेएलले पानी बितरणको व्यवस्था गर्न लागेको बताउनुभयो । तारकेश्वरबासीले कहिले मेलम्चीको पानी पिउन पाँउछन भन्ने हाम्रो जिज्ञासामा ई. भण्डारीले भन्नुभयो “केयुकेएलको तारकेश्वर नगरक्षेत्र हेर्ने इन्चार्ज पुष्प भण्डारी स्वयम तारकेश्वरबासी रहेकाले उहाँ चाँडै पानी खुवाउन तात्ती रहनु भएको छ, उहाँको खटाई अनसार अब धेरै प्रतिक्षा गर्नुपर्ने अवस्था नहोला”
तारकेश्वर नगर प्रमुख कृष्ण हरि महर्जनको कार्यकक्षमा आज भएको कार्यक्रममा वडा अध्यक्षहरु परशुराम अर्याल, श्यामकृष्ण सापकोटा र कबिराज बस्नेत, तारकेश्वर नगरपालिकाका लेखा अधिकृत खिलानाथ बास्कोटा, तारकेश्वर नगरपालिकाकी अधिकृत रचना शर्मा पन्थी लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

dfdf

No description available.

No description available.

No description available.

 

हाम्रो अनुरोध : कुनै पनि सञ्चार माध्यमले उत्पादन गर्ने समाचार र तस्वीरहरु उसको सम्पत्ती हो । उसको अनुमती बेगर ति सामग्री हुबहु प्रकाशन गर्नु र तोडमोड गरेर प्रकाशन गर्नु प्रतिलिपि अधिकार ऐन बिरुद्धको हुने गर्दछ । तसर्थ सगरमाथा पोष्ट डट कम मा प्रकाशीत समाचारलाई बिना अनुमती कपी पेष्ट गर्ने, तोडमोड गरेर प्रकाशीत गर्ने, तस्वीरहरुको अनधीकृत प्रयोग र भिडियोको स्रोतलाई हटाएर आफ्नै सामग्री झै बिभिन्न ठाँउहरुमा प्रयोग गरिएको पाईएमा प्रतिलिपी अधिकार ऐन अनुसार सम्बन्धीत निकाय मार्फत कानुनी उपचार खोजीने भएकाले उक्त कार्यहरु नगर्नुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

Array