गोलढुंगामा नगरपालिकाको डोजर चल्यो,सरकारी जग्गामा अतिक्रमण गरेर बनाएको घरको पर्खाल भत्काइयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ चैत्र २०८०, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले नगरक्षेत्र भित्रका सार्वजनीक, अ‍ैलानी र प्रती जग्गाहरुको खोजी तथा संरक्षण अभियानलाई तिब्रता दिएको छ ।
प्लटीङका नाममा नगरपालिका क्षेत्र भित्रका सार्वजनीक, प्रती र अ‍ैलानी जग्गाहरुमा अतिक्रमण गरेर बाटो बनाउने तथा सरकारी जग्गा हडप्ने प्रबृत्ती रोक्न नगरपालिका लागि परेको हो । तारकेश्वर नगरपालिकाको न्यायीक समितिमा दर्ता हुने मुद्धा तथा उजुरीको आधा हिस्सा सरकारी जग्गाको अतिक्रमण सम्बन्धीनै रहने गरेको छ ।
यसै क्रममा तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगाको नाखुन टोलमा बषौं देखि सार्वजनीक जग्गा मिचेर लगाइएको घरको कम्पाउण्ड नगरपालिकाले भत्काएको छ । एक दशक अघि प्लटिङ गरि बेचिएको किता नं ९९५ र ९९७ भित्र बनेको घरसंगैको कम्पाउण्ड सार्वजनीक जग्गा अतिक्रमण गरेर निर्माण भएको पाएपछि तारकेश्वर नगरपालिकाले आज भत्काएको हो ।
तारकेश्वर नगरपालिकाको न्यायीक समितिमा उक्त ठाँउको बाटो सम्बन्धी बिबादका कारण २०७९ भदौ २० गते उजुरी पेश भएको थियो । सोहि स्थानका बादी ज्ञानेश्वर धमला र प्रतिबादी राजकुमार धमला बिच बाटोको बिषयमा बिबाद उत्पन्न भएपछि न्यायीक समितिमा उजुरी परेको थियो । उजुरी उपर छानबिन गर्ने क्रममा सार्वजनीक जग्गा बादी र प्रतिबादी दुवै जनाको जग्गा भित्र नरहेकोले उक्त जग्गा छिमेकी उजेली आचार्यको कित्ता नं ९९५ र ९९७ मा पर्ने नापी कार्यालय मनमैजुको मिति २०८० बैशाख १० गते फिल्ड रेखाङकन प्रतिबेदनमा उल्लेख भएपछि तारकेश्वर नगरपालिकाको न्यायीक समितिको २०८० माघ ३ गते नापीको प्रतिबेदन अनुसार उजेलीको कम्पाउण्ड भत्काउने फैसला गरेको थियो ।

No description available.
नगरपालिकाले फैसलाको पुनराबेदन गर्ने ३५ दिनको हदम्याद र संरचना हटाउने ७ दिनको सुचना समेत प्रकाशन गरी प्रकृया पुर्याएर अतिक्रमीत संरचनाको पर्खाल भत्काएको तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले एक बर्ष देखि उहाँहरु बिच सहमती गराउन प्रयास गर्यौं तर उहाँहरुले हाम्रो आग्रहलाई वेवास्ता गरेपछि प्राविधिक प्रतिबेदन र प्रचलीत कानुनको अधिनमा रहेर अतिक्रमीत संरचना भत्काएका हौं”
नगरप्रहरी, स्काभेटर लगायत दलबल सहित फिल्डमा पुग्नुभएका तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले फिल्डको अबलोकन पछि प्राविधिक प्रतिबदेनको आधारमा एकिन गरेर अबैध संरचना हटाउन निर्देशन दिनुभएको थियो ।
नगरप्रमुख महर्जनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारको क्षेत्राधिकार भित्रको सरकारी जग्गाको संरक्षण गर्ने अधिकार सम्बन्धीत स्थानीय सरकारलाई प्रदान गरेकाले सरकारी जग्गा खोजी तथा संरक्षण गर्ने अभियानमा लागेको बताउनुभयो ।
नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिका वडा नं ५ बाट सुरु भएको सरकारी जग्गा संरक्षणको अभियानलाई अब ११ वटै वडामा लैजाने बताउनुभयो । अतिक्रमीत संरचना हटाउन स्काभेटर सहित पुगेको नगरपालिका टिमलाई स्थानीयबासीहरुले राम्रो कामको सुरुवात भएको बताँउदै आफ्नो साथ र सहयोग रहने बताएका थिए ।

No description available.
कम्पाउण्ड भित्रको जग्गा सार्वजनीक रहेको भन्दै नगरपालिकाले भत्काइदिएपछि जग्गाधनी उजेली आचार्यले आफु मर्कामा परेको प्रतिकृया दिनुभयो । १३ बर्ष अगाडी प्नानीङ गरि रेखाङकन गरिएको जग्गा आफुले किनेको बताँउदै आचार्यले बषौं पछि धमला दाजुभाईको बाटो बिबादका कारण आफु पिडीत बनेको बताउनुभयो । मैले त त्यसबेला पुरै पैसा तिरेर जग्गा किनेको हुं मेरो घर भित्रको जग्गा सरकारी पर्दछ भने मैले पैसा तिरेर किनेको बाँकी जग्गा खै ?

No description available.

No description available.

No description available.

No description available.

dfdf

dsfdf

प्रतिक्रिया दिनुहोस्

Array