कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए। जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। तर, महरा अस्वस्थ भएकाले अस्पतालमा राखिएको छ। महराले इजलासमा आफू टीबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको बताएका थिए।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array