मानव कल्याण मित्र मञ्च नेपालले छैठौं वार्षिकोत्सव काठमाडौंमा मनाउने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं,  मानव कल्याण मित्र मञ्च नेपालले आफ्नो छैठौं स्थापना दिवस काठमाडौंमा मनाउने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले अगामी चैत ९ गते नयाँ बानेश्वरको इन्द्रेणी बंैक्वेटमा छैठौं स्थापना दिवस मनाउने तयारी रहेको जानकारी गराएको हो । प्रतिनिधि सभाकी सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाउन लागिएको मञ्चका संरक्षक पुरुषोत्तम भट्टराईले बताए । संरक्षक भट्टराईले संस्थाले स्थापना कालदेखिनै मानवीय सेवामा काम गरिरहेको बताए । उनले सन् १९९० देखि संस्थाले भारतमा हराएका, बेचिएका, विभिन्न समस्यामा परेका नेपालीलाई उद्धार र संरक्षण गर्दै आएको बताए ।  मानव कल्याण मित्र मञ्चका दुर्गा प्रसाद अर्यालले संस्थाले लामो समय मानवता, मित्रता र शान्तिको मार्गमा काम गरिरहेको बताए । आफूहरुले नेपालमा २०७५ देखि संस्था स्थापना गरी मानवीय सेवामा योगदान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array