बुढानीलकण्ठ महानगरपालिकामाथि व्यक्तिको जग्गा हडपेर अस्पताल बनाएको आरोप, अदालतको फैसलाको समेत अपहेलना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ चैत्र २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं,  बुढानीलकण्ठ नगरपालिका–१० निवासी चन्द्र बहादुर थापाले आफ्नो हक भोगको जग्गा नगरपालिकाले मनोमानी रुपमा हडपेको आरोप लगाएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले २०४२ सालमा किनेको जग्गा ०५२ सालमा सर्वसम्पन्न बागमती आयोग योजना बागमती ढलले अधिकरण गरेको उनले बताए । उक्त जग्गा अधिरण पश्चात मन्त्रिपरिषदको निर्णयले १ रोपना ६ आना सट्टा भर्ना दिएको उनले बताए ।
उक्त जग्गामा नगरपालिकाले अवरोध गरेपछि अदालतमा परेको मुद्दामा आफ्नो पक्षमा फैसला भएर मुद्दा अन्तिम भएको उनले बताए । सोही जग्गाको विषयलाई लिएर आफूहरुलाई नगरपालिकाका मेयर मिठाराम अधिकारी र वडा नं. १० का अध्यक्ष नवराज भट्टराईले पटक–पटक दुःख दिएको, धाक धम्की दिने गरेको उनको भनाइ छ ।
अदालतको फैसलालाई समेत बुढानीलकण्ठ नगरपालिकाले बेवास्ता गरेर आफूहरुलाई उक्त जग्गा भोगचलन गर्नबाट बञ्चित गरिएको उनले बताए । उनले काठमाडौं जिल्ला अदालतबाट खटिएको डोरसँग नगरपालिकाले एक सय दिनभित्र उक्त जग्गामा बनेका संरचनाहरु भत्काएर लैजान्छौं भनी कागज गरेपनि उक्त कागजमा लेखिएको शर्तसमेत पालना नभएको बताए । उक्त जग्गामा अहिले बुढानीलकण्ठ नगर अस्पतालको भवन निर्माण भएको छ ।
‘२०४२ सालमा किनेको जग्गा ०५२ सालमा सरकारले अधिकरण गर्यो । बागमती सर्वसम्पन्न ढल विकास परियोजनाले मेरो जग्गा अधिकरण गर्यो । ०५२ सालदेखि मन्त्रिपरिषद्, मालपोत विभाग, सर्वोच्च अदालत सबैको निर्णय छ ।’ उनले भने, ‘मेरो पुर्जा मेरो नाममा छ । तर, मेरो जग्गा बुढानीलकण्ठ नगरपालिकाले मनोमानी रुपमा भोगचलन गरिबसेको छ । अदालतको निर्णय कार्यान्वयन गर्न जाँदा मेयर आफैंले एक सय दिनभित्र आफैं भत्काएर लैजान्छौं भनेर कागज गरेको छ । तर, आजसम्म भत्काएर लगेको छैन ।’
काठमाडौं जिल्ला अदालतबाट खटिएका डोरले ०८० असोज १९ गते गराएको कागजमा एक सय दिनभित्र भवन भत्काएर लैजाने भनी नगरपालिकामा कार्यरत उपसचिव ललित विक्रम सिंह, स्वास्थ्य शाखाकी पावर्ती सेढाइलगायतले हस्ताक्षर गरेका छन् । तर, नगरपालिकाले एक सय दिनभित्र संरचना हटाएर फैसला बमोजिम भोग चलनमा अवरोध गर्दैनौं सहमती गरेको आज १६६ दिन भइसकेको छ ।
नगरपालिकाले सर्वोच्चको फैसलालाई समेत अपहेलना गरेको उनको उनको भनाइ छ । आफूहरुलाई सोही जग्गाको विषयलाई लिएर बेलाबेलामा विभिन्न धाक धम्की आउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array