बाग्लुङका चन्द्र खत्रीको जीवन रक्षा गर्न उनको परिवारले गरे अपील

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ चैत्र २०८०, बिहीबार
0 Min Read
Aa

 काठमाडौँ — हाल  अष्ट्रेलियामा रहेका चन्द्र बहादुर खत्री (राजन केसी) को जीवन रक्षाको लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरेको छ । अष्ट्रेलियाको रोयल डार्विन अस्पतालमा भर्ना भएका बाग्लुङ नगरपालिका–१३ पैयुँटारका खत्री क्यान्सरबाट पीडित छन् । उनलाई तेस्रो चरणको सिग्नेट रिङ्ग सेल कर्सिनोमा (अति छिटो फैलिने किसिमको पेटको क्यान्सर) भएको पुष्टी भए पश्चात परिवारले सहयोगको याचना गरेको हो । उनकी श्रीमती परिश्मा जंगमका अनुसार यसअघि उनको छोरा किर्तनश्री केसीको ३१ डिसेम्बर २०२३ मा कान्ति बाल अस्पतालमा सात बर्षको कलिलो उमेरमा निधन भएको र हाल श्रीमानको अवस्था जटिल बनेकाले सबैसँग सहयोगको याचना गरेकी हुन् ।

किर्तनको विगत पाँच बर्षमा दुई पटक मष्तिष्कको शल्यक्रिया (हेमीस्फेरेक्टोमि) गर्दा पनि रेस्मुस्सेन इन्सेफेलाइटिस (स्नायु केन्द्रित रोग) को कारणले निधन भएको थियो । परिश्मा चाल्र्स डार्विन विश्वविद्यालयमा अध्ययनरत छिन् । उनले आफ्नो परिवारमा परेको चरम बज्रपातको संकटको घडीमा सहयोगको लागि याचना गर्न बाध्य भएको बताएकी छन् । खत्रीको उपचारको लागि १ लाख ५० हजार डलर लाग्ने अनुमान गरिएको छ । हाल सम्म ४० हजार डलर जम्मा भैसकेको छ ।

परिश्माले आफ्नो अपिलमा भनेकी छन्, ‘एक स्वावलम्बी महिलालाई यसरी हात फैलाएर सहयोगको लागि याचना गर्न निकै कठिन हुँदो रहेछ तर मसंग मेरो श्रीमानलाई बचाउने अरु माध्यम छैन । हामीले हामीसंग भएको लगभग सम्पूर्ण सम्पति पछिल्लो पाँच वर्षमा छोराको उपचारको क्रममा नेपाल र पटक पटक भारतका महंगा अस्पतालहरुमा सकिसकेको हुँदा हाम्रो आर्थिक अवस्थाले मेरो श्रीमानको थप उपचार खर्च जोहो गर्न असम्भव छ  ।‘

‘मेरो विद्यार्थी स्वास्थ्य बिमा (बुपा इन्सुरेन्स) ले मेरो श्रीमानको सम्पूर्ण उपचार खर्च नव्यहोर्ने भएको हुँदा उहाँको उपचारमा व्यक्तिगत हजारौ डलर खर्च लाग्छ। उपचारको क्रममा ४ साइकल केमोथेरापी गरि शल्यक्रिया गरी पुन: ४ साइकल केमोथेरापी गर्नुपर्ने योजना मलाई चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।’

‘हामी श्रीमान श्रीमती दुवैजना अस्ट्रेलियाको ओल्ड एज केर होममा कार्यरत थियौ तर छोराको मृत्यु पश्चात श्रीमानको बिचल्ली अवस्थाको कारण यस बिपतमा काम गर्न सक्ने अवस्था रहेको छैन । किनभने अस्पताल तथा घरमा २४ घण्टा ७ दिननै व्यस्त रहनुपर्ने बाध्यता छ ।

खत्रीको जीवन रक्षा गर्न सघाउन निम्न लिंकमा गएर सक्दो सहयोग गर्न संसारभरि रहनु भएका सहृदयी प्रवासी नेपालीहरुलाई  उनको परिवारले हार्दिक अपील गरेको छ:

प्रतिक्रिया दिनुहोस्

Array