राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ चैत्र २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ । प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने संयोजक डा. सितलकाजी श्रेष्ठले बिहीबार अन्तिम तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकलम दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौड्ने छन् । पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागी हुने छन् । कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी सहभागी हुने छन् । सबै विधामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा (२५ प्रतिशत करसहित) रहेको छ ।
हाफ म्याराथनको पुरुष÷महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् । पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौं स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन् । कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेश्रो संस्करण हो । प्रोटिन रनको विश्व भेटेरिनरी एसोसिएनका अध्यक्ष राफेल लागुइनले अवलोकन गर्ने छन् ।
पत्रकार सम्मेलनमा नेपाल भेटेरिनरी संघका अध्यक्ष डा. रामकृष्ण खतिवडा, संयोजक श्रेष्ठलगायतले प्रोटिन रनको टिर्सट पनि सार्वजनिक गरेका थिए । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।
युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने दौड पशु सेवा विभाग र नेपाल दाना उद्योग संघअन्तर्गतका दाना उद्योगीहरुको विशेष सहयोगमा हुन लागेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array