अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० चैत्र २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं,  रूपन्देही, रोहिणी गाउँपालिका-३ रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम ४ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-३ चैनपुरूवा बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले लु.४८ प ८८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-११ धमिली पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही महानगरपालिका-३ बेलटाँडी बस्ने १९ वर्षीय आसिक मियाँलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना. २ प ९९९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट अवैध लागूऔषध गाँजा २ किलोसहित सोही महानगरपालिका-‍२ बेलटाडी बस्ने २४ वर्षीय विदुर उप्रेतीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले बा.प्र.०३००३ प ८१६७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय सन्दिप पन्त र सोही महानगरपालिका-४ लंकु बस्ने २९ वर्षीय बिधान गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले गण्डकी प्रदेश ०४-००१ प १९६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array