सुनकोसी नदिमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं ।  आइतबार होली खेल्ने क्रममा सुनकोसी नदिमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । आइतबार होली खेल्दै उदयपुर त्रियुगा नगरपालिका १४ ढाप्लाङ स्थित सुनकोसी नदिमा पौडी खेल्न पुगेका ३ जना बालबालिका बेपत्ता भएका थिए । हिजो साँझ अबेर सम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई  फेला पार्न नसके पछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरि बाट  गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नाै जना गोताखोर टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको प्रहरी सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array