अध्यागमन सुधारका काम तत्काल सुरु गर्न निर्देशन : गृहमन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अध्यागमन सुधारका काम तत्काल सुरु गर्न निर्देशन दिनुभएको छ । अध्यागमन विभागमा आज भएको ब्रिफिङपछि गृहमन्त्री लामिछानेले श्रमिकलाई जाँदा–आउँदा विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख र हैरानी दिने प्रवृत्ति तत्काल सुधार गर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिनुभएको हो । गृहमन्त्री लामिछानेले  रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट परिवर्तनको अनुभूति गराउन आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले अध्यागमन सुधारका योजना ल्याउनु आग्रह गर्दै योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने भन्दै गृहमन्त्री लामिछानेले जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array