तारकेश्वर नगरपालिका स्थापना भएको ७ बर्ष पछि पहिलो पटक ११ वटै वडामा न्यायिक मेलमिलाप केन्द्र स्थापना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ चैत्र २०८०, बुधबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका स्थापना भएको ७ बर्ष पछि पहिलो पटक ११ वटै वडामा मेलमिलाप केन्द्रको स्थापना भएको छ ।
नगरपालिकाको इतिहाँसमानै पहिलो पटक स्थापना भएको मेलमिलाप केन्द्रको तारकेश्वर नरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले आज सुभारम्भ गुर्नभयो । नगरपालिकाको वडा नं १,२ र ३ मा आज नगरप्रमुख र उपप्रमुखको उपस्थीतिमा मेलमिलाप केन्द्रको सुभारम्भसंग मेलमिलापकर्ताहरुले पदभारग्रहण समेत गरेका छन् ।

May be an image of 1 person, smiling and text
मेलमिलाप केन्द्रको उदघाटन गर्नुहुंदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले घरदैलोमै नागरिकलाई सेवा दिने उदेश्यले प्रत्यक वडाहरुमा मेलमिलाप केन्द्रको स्थापना गरिएको बताँउदै वडामै मेलमिलाप केन्द्रको स्थापनाले समस्यामा परेका नागरिकलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख महर्जनले कुनै ठाँउ, जात, जाति लिंग नहेरीकन समग्र न्यायिक हिसाबले काम गर्न मेलमिलापकर्ताहरुलार्ई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मेलमिलाप गर्ने क्रममा तपाँईले चिनेजानेका मानिसहरु पनि हुनसक्छन्, बादी वा प्रतिबादीको बिषयमा निर्णय गर्नुपुर्व उनिहरुले गरेको कुरा न्यायिक छ कि छैन ? त्यो मुल्यांकन गर्ने क्षमता मेलमिलापकर्तामा हुनुपर्दछ, मेलमिलाप गर्ने क्रममा नतासम्बन्ध वा चिनजान सबै कुरालाई भुल्न सक्ने कठोरता तपाँईहरुसंग हुनुपर्दछ”

May be an image of 3 people, dais and text
तारकेश्वर नगरपालिकाको न्यायीक समिति संयोजक एवं उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाको न्याय सम्पादनलाई चुस्त, दुरुस्त र जनतालाई छिटो छरितो रुपमा न्याय प्रदानगर्ने उदेश्यले नगरपालिकाको ११ वटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो ।
मेलमिलाप गराउने क्रममा दबाब र प्रभाब आउन सक्ने बताँउदै उपप्रमुख अर्यालले निडर भएर काम गर्न आग्रह गर्नुभयो ।

May be an image of 3 people and text
मेलमिलाप केन्द्रहरुको उदघाटनको क्रममा तारकेश्वर नगरपालिकाको न्यायिक समितिका सदस्य उज्जवल अधिकारीले न्यायको सिद्धान्तहरुलाई अंगाल्दै पिडितहरुको पहिचान गरेर न्यायीक निरुपण गर्न मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो ।

May be an image of 3 people, hospital and text
तारकेश्वर नगरपालिकाको वडा नं १ का अध्यक्ष बिदुर सापकोटाले वडामा प्राप्त उजुरीहरुलाई मेलमिलाप र छलफल गराउनै जनप्रतिनिधिहरुले बढी समय खर्चीनु परिरहेको बताँउदै मेलमिलाप केन्द्रको गठनले जनप्रतिनिधिहरुको समय बचत हुने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको वडा नं २ का अध्यक्ष एवं तारकेश्वर नगरपालिका प्रवक्ता श्यामकृष्ण खडगीले प्रत्यक वडामा मेलमिलाप केन्द्रको स्थापनाले नागरिकहरुलाई राहत मिल्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष एवं तारकेश्वर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक परशुराम अर्यालले नगरपालिकाको ११ वटै वडाहरुमा मेलमिलापकेन्द्रको स्थापा गरिनु निकै सराहानीय र प्रशंसनीय काम रहेको बताँउदै मेलमिलापको कामलाई वडा स्तरमानै समाधान गर्न सकिएमा नागरिकलाई सहज हुने बताउनुभयो ।
नगरपालिकाको वडा नं १,२ र ३ मा स्थापना गरिएको मेलमिलाप केन्द्रको उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिकाको न्यायिक समिति सदस्य मिरा थापा, तारकेश्वर नगरपालिकाकी अधिकृत रचना शमा पन्थी, तारकेश्वर नगरपालिाको न्यायीक समितिका कर्मचारीहरु रामचन्द्र अर्याल, संगिता न्यौपाने लगायत जनप्रतिनिधिहरु, वडाका सचिब एवं कर्मचारीहरु, पत्रकारहरु लगायतको उपस्थीति रहेको थियो ।
तारकेश्वर नगरपालिकाको न्यायिक समितिले २०७९ चैत्र ७ गते देखि १३ गते सम्म तारकेश्वर नगरपालिका वडा नं १० स्थीत न्यायिक प्रतिष्ठानमा छनौटमा परेका ३५ जना मेलमिलापकर्ताहरुलाई ८ दिने आधारभुत तालिम दिएको थियो ।
२०७३ सालमा तारकेश्वर नगरपालिका स्थापना भएपनि नगरपालिकाको न्यायिक समितिले ११ वटै वडाका उजुरीहरु केन्द्रीकृत गरेर न्यायिक निरुपण गदै आइरहेको थियो । न्यायिक समितीले प्रत्यक वडामा मेलमिलाप केन्द्रको स्थापना गरिदिएसंगै मेलमिलापकै लागि नगरपालिकासम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ भने नगरवासीहरुले आफ्नै वडाबाट न्यायिक निरुपण खोज्न सक्ने हुंदा समयको समेत बचत हुनेछ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय निकायको उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा अर्धन्यायीक निकायको परिकल्पना सहित न्यायीक समिति गठन गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

May be an image of 3 people, people smiling and text

May be an image of 10 people, people smiling, hospital and text

May be an image of 4 people, people smiling, hospital and text

fhghg

May be an image of 3 people and text

May be an image of 2 people and text

fhgfgh

May be an image of 1 person, smiling, hospital and text

May be an image of 4 people, dais and text

May be an image of 11 people, hospital and text

May be an image of 7 people and text

प्रतिक्रिया दिनुहोस्

Array