तत्कालीन नगरप्रमुख पासमानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौं , सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पासमानसहित नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले सार्वजनिक निकायले निर्माणस्थलको व्यवस्था नभई बोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउन बोलपत्र आव्हानका लागि निर्णय गरी एक करोड आठ लाख रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले उच्च अदालत जनकपुर, राजविराजबाट भएको आदेशको परिपालना नगरी प्रशासनिक भवन बनाउन सम्झौता गर्ने निर्णय गरेको र सोही सम्झौताको आधारमा म्याद समाप्त भइसक्दा पनि पेस्की रकम भुक्तन दिएको आरोप लागेको छ ।यसैगरी, निर्माण व्यवसायी महालक्ष्मी–पाण्डे एण्ड कम्पनी–ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले पेस्की भुक्तानी लिई निर्माण कार्य सुरु नगरेको र एडभान्स पेमेन्ट ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरी भ्रष्टाचार गरेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुनेसरह नै जरिवाना र बिगो असुल हुन मागदाबी लिई बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

gorkhapatraonline

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array