मनमैजुमा नेपाली राष्ट्रिय महिला फुटबल टोली नगद सहित सम्मानीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाली फुटबललाई अन्तराष्ट्रिय रुपमा चिनाउन सफल नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगद सहित सम्मान गरिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत एन्जल्र्स स्पोर्ट एकेडेमिमा आज आयोजित विशेष कार्यक्रमका एकेडेमि सहित एन्जल्स हार्ट नेश्नल स्कुल, एन्जल्स हार्ट सेकेन्डरी स्कुलले संयुक्त रुपमा खेलाडी टिमलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको हो ।बेलायत निवासी नेपाली फुटबलका सुभेच्छुक तथा समाजसेवी टेक बहादुर गुरुङले एन्जल्स स्पोर्टस एकेडेमिका डाइरेक्टर ई संजय गुरुङ मार्फत उपलव्ध गराउनु भएको रु १ लाख ५५ हजार नगद सहित नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरिएको हो ।
एन्जल्र्स स्पोर्टस एकेडेमिका अध्यक्ष खिम बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरप्याव्सनका अध्यक्ष एवं एन्जल्र्स हर्ट सेकेन्डरी स्कुलका प्रिन्सीपल धन बहादुर पुन, एन्जल्र्स हार्ट नेश्नल स्कुलका प्रिन्सीपल टक बहादुर थापा, एन्जल्स स्पोर्टस एकेडेमिका डाइरेक्टर ई.सञ्जय गुरुङ लगायतको उपस्थीति रहेको थियो ।

 

fgfg

प्रतिक्रिया दिनुहोस्

Array