एसईई परिक्षामा तारकेश्वरका ७० विद्यालयका २०४९ विद्यार्थी परिक्षामा सहभागी, नगरप्रमुखद्धारा परीक्षार्थीलाई सुभकामना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ चैत्र २०८०, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आज देखि सुरु भएको छ । परीक्षामा देभैभरका सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) मा तारकेश्वर नगरपालिकाका ७० सामुदायिक र संस्थागत विद्यालयबाट २०४९ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जस अनुसार सामुदायिक विद्यालयका ७२४ र संस्थागत विद्यालयका १३२६ विद्यार्थी परिक्षामा सहभागी भएको तारकेश्वर नगरपालिकाका नगरशिक्षा प्रमुख पदम बहादुर खत्रीले जानकारी दिनुभयो । सामुदायिक विद्यालय मध्य सबै भन्दा बढी मानसिंह धर्म मा.वि बाट १२६ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् भने पृथ्वी नारायण मा.वि बाट ९७ र कालीदेवी मा.वि बाट ९० जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएका छन् । तारकेश्वरको संस्थागत विद्यालय तर्फ हिमरश्मी बाट सबै भन्दा बढी ९२ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएका छन् ।
यसै बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले एसईई परिक्षामा सहभागी भएका तारकेश्वर नगरपालिका सहित देशैभरका विद्यार्थीहरुलाई उज्जवल भबिस्यको कामना सहित सुभकामना दिनुभएको छ । नगरप्रमुख महर्जनले परिक्षा केन्द्रको व्यवस्थापन र सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेकाले ढुक्क भएर उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख महर्जनको पहलमा तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयबाट जिपिए ४ सहित उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्राथमीकताको आधारमा प्रत्यक बस स्कुल बस प्रदान गदै आइरहेको छ । गत बर्ष मात्र तारकेश्वर ३ स्थीत जितपुर मा.वि लाई नगरपालिकाले विद्यालय बस उपलव्ध गराएको थियो ।
यता, नगरप्रमुख सृजना बुर्लाकोटी अर्यालले पनि एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई सुभकामना दिनुभएको छ ।
तारकेश्वरका ८ परिक्षा केन्द्रबाट शान्तिपुर्ण तरिकाले परिक्षा सञ्चालन
माध्यामिक शिक्षा परीक्षा (एसईई) परिक्षामा तारकेश्वर नगरपालिका भित्र ८ वटा परिक्षा केन्द्रबाट परिक्षा सुरु भएको छ । यो समाचार तयार पार्दा सम्म परिक्षा शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ । परिक्षालाई व्यवस्थीत गरिकाले सञ्चालन गर्न र कमि कम्जोरी हुन नदिन नगरप्रमुख कृष्ण हरि महर्जन सहित नगर शिक्षा प्रमुख पदम बहादुर खत्री, नगरशिक्षा अधिकृत शन्तोष न्यौपाने सहित वडा अध्यक्षहरु परिक्षा केन्द्रहरुमा पुग्नुभएको छ । मानसिंह माध्यामिक विद्यालय परिक्षा केन्द्रका केन्द्र प्रमुख केदार प्रसाद गजुरेलले १३ विद्यालयका ३ सय बढी विद्यार्थी परीक्षामा सहभागी भएको बताँउदै परीक्षा शान्तिपुर्ण तरीकाले चलिरहेको बताउनुभयो । परिक्षाको अनुगमन गर्न मानसिंह स्कुल पुग्नुभएका वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईले परीक्षा केन्द्रमा कमिकम्जोरी हुन नदिन तर्फ विद्यालय व्यवस्थापन लागिरहेको बताँउदै विद्यार्थीहरु ढुक्क भएर परीक्षा दिने वातावरण रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array