बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa
काठमाडौं ।

उपरोक्त सम्बन्धमा संगिता वडालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला दोलखा जिरी न.पा. वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ का.म न.पा. वडा नं. ३२ तिनकुने बस्ने शम्शेर बहादुर खड्काको छोरा बर्ष ४१ को शिव बहादुर खड्का भएको बैंकिङ कसुर(मु.द.नं. ०७८-CB-०४४७) मुद्दामा २ (दुई) दिन कैद र रु.९,९०,०००/-(नौ लाख नब्बे हजार रुपैया) बिगो भराई, बिगो बमोजिम रु. ९,९०,०००/-(नौ लाख नब्बे हजार रुपैया) जरिवाना तथा क्षतिपुर्ति बापत पिडित राहत कोषमा रू.३९,६००।–(उनन्चालिस हजार छ सय रुपैया) जम्मा गराउने ठहर भई सम्मानित उच्च अदालत पाटनबाट फैसला भई फरार रहेका प्रतिवादी शिव बहादुर खड्कालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८०।१२।१४ गते जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं.१७ ग्वार्को स्थितबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाईएको ।
May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array