त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं ।  त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकहरुको परिचय हालसम्म नखुलेको र ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ। शनिबार बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Array