त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुल्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ चैत्र २०८०, शनिबार
1 Min Read
Aa

आज (शनिबार) बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्। मृतकमा गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया छन्। उनीहरूको उमेर भने प्रहरीले खुलाइसकेको छैन। मृतकमा एक बालिका, दुई महिला र दुई पुरुष छन्। ठुलाेबुबाकाे पशुपतिमा दाहासंकार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ । उनीहरू  सबै एकाघरका हुन् । आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।

प्रतिक्रिया दिनुहोस्

Array