नेपाली काँग्रेसले सहकारीको रकम हिनामिनाका विषयमा प्रभावकारी छानविन गर्न सरकारको ध्यानाकर्षण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारीको रकम हिनामिनाका विषयमा प्रभावकारी छानविन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  बैठकमा सभामुख देवराज घिमिरेसँग समय माग गरी कांग्रेसका सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको नाम मुछिएको विषय संसदीय छानबिन समितिको माग गर्नुभयो । उहाँले सरकार प्रमुखलगायत सरकारी पक्षबाट आइरहेको धारणाले छानबिनमा थप आशङ्का पैदा गरेको पनि बताउनुभयो । बैठकको आकस्मिक समयमा सांसद ठाकुरप्रसाद गैरेले पाल्पाकी पद्मा सुनुवारको हत्या भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुनुवार परिवारलाई राहत दिन र यस्ता घटनालाई निरुत्साहित गर्न आग्रह गर्नुभयो । उहाँले हावाहुरी र असिना पानीले पाल्पामा अकबरे खुर्सानी, सुन्तला लगायतका कृषि बालीमा असर पु¥याएको भन्दै क्षतिपूर्तिको माग समेत गर्नुभयो ।  सांसद मनिस झाले मधेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) हुँदै गर्दा मधेश चिट चोर्नेहरूको चपेटामा परेको र दोष खेप्न बाध्य बनिरहेको भन्दै केन्द्रबाट खटिने प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक लगायतका अधिकारीहरू दोषी भएको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array