बागमती प्रदेशमा मन्त्रीपरिषद् बिस्तार , नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

बागमती, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज फेरी मन्त्रीपरिषद् बिस्तार गर्नु भएको छ । मन्त्रीपरिषद् बिस्तारका क्रममा उहाँले आज नेकपा एमालेबाट चारजना मन्त्री नियुक्त गर्नु भएको हो । नवनियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । मुख्यमन्त्री जम्कट्टेलले एमालेबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । यसअघि आज बिहानमात्र मात्र नेकपा (एकीकृत समाजवादी) बाट रमा आले मगरलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array