सवारी दर्ता किताब किर्ते गर्ने व्यक्ति पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa
काठमाण्डौं, काठमाण्डौं उपत्यकामा केही ब्यक्तीहरुले लिखित किर्ते गरि सवारी दर्ता किताब लगायतका कागजातहरु तयार गरि लिखित किर्ते गर्ने गरेको गोप्य सुचना यस कार्यालयमा प्राप्त हुन आएकोमा उक्त कार्यमा संलग्न ब्यक्तीहरुको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको टोलीले मिति २०८०।१२।२० गते अं.१८:०० बजेको समयमा काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका – १६ कोईराला मार्टबाट मनोज कुमार सुनार बराईलीलाई पक्राउ गरि निजलाई किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी मिति २०८०।१२।२० गते जिल्ला प्रहरी परिसर,ललितपुर पठाएको ।

प्रतिक्रिया दिनुहोस्

Array