अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् । १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १० औँ साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो । सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो । गत २८ मार्चदेखि अप्रील १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेरसमूह स्वर्ण र ६८ केजी तौलसमूहमा रजत पदक हात पारेकी थिइन् । यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । जुलाईमा भुटानमा हुने ८ औँ साउथ एसियन कराते च्याम्पियनसीप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ । उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौ फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array