धार्मिक पर्यटनको विकासका लागि सगरमाथा आरोहण गर्दै पर्यटन व्यवसायी श्रेष्ठ, सहयोगका लागि अपिल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं,  पर्यटन व्यवसायी कृष्णमान श्रेष्ठले सगरमाथा आरोहण गर्ने भएका छन् ।  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यही सिजनमा आफूले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताएका हुन् । पर्यटन व्यवसायी श्रेष्ठले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण दशक २०२३–०३२ लाई सफल पार्न र नेपालको सनातन धर्मलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न आफूले सगरमाथा आरोहण गर्न लागेको बताए । नेपालमा धार्मिक पर्यटनको विकास गर्नसके धेरै लाभ लिन सकिने उनको भनाइ छ । उनले छिमेकी मुलुक भारतमा धार्मिक पर्यटनले राम्रो स्थान पाइरहँदा नेपालमा भने धार्मिक पर्यटनको कुनै गुञ्जायस नरहेकाले यसको विकासका लागि आफूले यो निर्णय लिएको बताए ।
‘समाज र राष्ट्रलाई केही योगदान गरौं भन्ने उद्देश्य राखेर म लगातार लागिराखेको छु । मेरो पेशा पनि पर्यटन भएकाले पर्यटनबाट नै समाजलाई केही गरौं भन्ने सोचेर म यही सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न गइरहेको छु,’– उनले भने । पर्यटनको प्रचार–प्रशार गर्ने उद्देश्यले सगरमाथ आरोहण गर्न लागेको र अहिले आर्थिक मन्दीको बेलामा एक्लै उक्त कार्य गर्न असहज परिस्थिति रहेको भन्दै उनले देश विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोगको अपेक्षा राखेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

Array