किशोर किशोरीहरु माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरुद्ध सचेतनामुलक कार्यक्रम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ चैत्र २०८०, शुक्रबार
2 Min Read
Aa

प्यूठान, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत  जिल्ला प्यूठान सरुमारानी गा.पा. ‍वडा नं. ०१ बाङ्गेसाल स्थित सरस्वती मा.वि.मा सामाजिक विकास डिभिजन कार्यालय बिजुवारको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वयमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी “किशोर किशोरीहरु माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरुद्ध सचेतनामुलक कार्यक्रम” सञ्चालन गरिएको, उक्त कार्यक्रम सरुमारानी गा.पा. वडा नं. १ का वडाध्यक्ष नर बहादुर घर्तिको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य माननीय निमा गिरीको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाको विशिष्ट आतिथ्यता, सामाजिक विकास डिभिजन कार्यालय बिजुवारका प्रमुख पुण्य प्रसाद न्यौपाने, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी लगायत अ.१५० जनाको उपस्थितिमा ऐ.१२:३० बजेको समयमा सु-सम्पन्न गरियो ।

उक्त कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख  पुण्य प्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य सहितको मन्तव्य तथा सुरक्षित  विद्यालयको अवधारणा, विद्यालयमा हुनसक्ने हिंसा, लगायतको विषयमा प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।           कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक इश्‍वर थापाले किशोर अवस्थामा हुने संभावित खतरा, सुरक्षाका उपायहरु, अपरिचितसंग गर्नुपर्ने व्यवहार, लागुऔषध, मादक पदार्थको दुर्व्यसनी र यसको कानुनी परिणाम, सडक सुरक्षा, अन्य आधारभुत सुरक्षाको बारेमा प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी आपतकालिन फोन नं. १०० किन र कसरी प्रयोग गर्ने ? भन्ने बिषय पनि प्रष्ट पार्नुभएको थियो ।

       त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य माननीय निमा गिरीले हिंसाको परिभाषा, गोपनियताको संरक्षण तथा तस्बिर, सुचना, विवरण आदिको आदानप्रदानको बारेमा सचेत गराउँदै वास्तविक व्यक्तिगत घटना दर्ता गरी राज्यलाई सही सूचना दिनु नागरिकको दायित्व रहेको कुरा व्यक्त गर्नुभएको थियो ।      कार्यक्रमका अध्यक्ष एवं  सरुमारानी गा.पा. वडा नं. ०१ का वडाध्यक्ष नर बहादुर घर्तिले सुरक्षित समाजका लागि सबै सचेत हुनुपर्ने कुरा व्यक्त गर्नुका साथै कार्यक्रमका आयोजक र कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै प्रति आभार व्यक्त गर्दै  कार्यक्रमको समापन भएको ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array