गीतकार अधिकारीको गीतमा आश्मा र सरोजको अभिनय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa
काठमाडौं – गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ  भने कोरियोग्राफी  राजिव समरको  रहेको छ । गितलाई सुनौलो ताराले बजारमा ल्याएको हो । गीतकार अधिकारीका दर्जनौ लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । उनले राष्ट्रिय अवार्डहरु पनि पाउन सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Array