अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ चैत्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं, मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २३ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २३ वर्षीय युवराज श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४९ प ७००६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५३ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने २९ वर्षीय इनर सरदार र झापा मेची नगरपालिका-१२ बस्ने ३३ वर्षिय सुबास राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ७०१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-६ बस्ने ३८ वर्षिय बिकास गौतमलाई अवैध लागूऔषध  ब्राउनसुगर जस्तो देखिने  पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कास्की, अन्नपुर्ण गाउँपालिका-९ मौजाबाट अवैध लागूऔषध गाँजा ४ किलोसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१८ रेशमखेती बस्ने ३९ वर्षीय हेमन्त भट्टराई र तनहुँ भिमाद नगरपालिका-३ माझकोट बस्ने २५ वर्षीय बिनोद थापा रहेका छन् । प्रहरी चौकी बिरेठाटीबाट खटिएको प्रहरीले ग.१४ प २४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 पाँचथर, फिदिम नगरपालिका-४ गढीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ३० मिलिग्राम र नगद ४० हजार ६ सय ५० रूपैयाँसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-४ वलफर टोल घर भएका २५ वर्षिय डेविट लिम्बु र सोही नगरपालिका-२ नयाँ बसपार्क बस्ने १९ वर्षीय कोमस लावती लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array