७ जिल्लाका प्रहरी प्रमुख सहित नेपाल प्रहरीका १६ एसपीको काज सरुवा, को कहाँ सरुवा ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । ७ जिल्लाका प्रहरी प्रमुख सहित नेपाल प्रहरीका १६ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नुवाकोट, बारा, रौतहट, महोत्तरी, धनुसा, बाँके र सर्लाही जिल्लाका प्रहरी प्रमुख सहित १६ एसपीको काज सरुवा भएको हो ।
जस अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी प्रमुखका एसपी शान्तिराम कोइराला, जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुखका एसपी महेन्द्र खडका, जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुखका एसपी दिलिप घिमिरे, महोत्तरी जिल्लाको प्रहरी प्रमुखमा नकुल पोखरेल, धनुसा जिल्लाको प्रहरी प्रमुखका भुबनेश्वर तिवारी, बाँके प्रहरी प्रमुखमा तुल बहादुर कार्की, र्सलाही जिल्लाका प्रहरी प्रमुखमा रबिन्द्र बहादुर सिंह लाई काज सरुवा गरिएको छ ।

कस्को सरुवा कहाँ ?

May be an image of text

May be an image of blueprint and text

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array